१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला खेलकुद समितिको अध्यक्षमा सिंह



मनोनयन पत्र बुझ्नुहुँदै अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह । तस्बिर : भवानीदत्त भट्ट
अ+ अ-

कञ्चनपुर। कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा शुक्लाफाँटा नगरपालिका–७ का ज्ञानेन्द्रबहादुर सिंहलाई मनोनयन गरिएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्ले उहाँलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी सुम्पिएको हो । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार, सुदूरपश्चिम खेलकुद नियमावली, २०७७ को नियम ५ (क) बमोजिम परिषद्को बैठकले सिंहलाई अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको हो । जिल्लाको खेलकुद संरचनालाई चलायमान बनाउन र खेल क्षेत्रको नीतिगत व्यवस्थापनका लागि सिंहको नियुक्ति गरिएको जनाइएको छ ।

मनोनयनपछि नवनियुक्त अध्यक्ष सिंहले खेलकुद क्षेत्रको विकासका लागि आफू पूर्ण रूपमा समर्पित हुने बताउनुभयो । पदको गरिमालाई आत्मसात् गर्दै उहाँले प्रचलित ऐन, नियम र प्रदेश खेलकुद परिषद्को निर्देशन पालना गर्दै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिंहले आफ्नो कार्यकालमा कुनै पनि राजनीतिक वा अन्य प्रभावमा नपरी निष्पक्ष र तटस्थ रूपमा काम गर्ने उद्धोष गर्नुभएको छ । कञ्चनपुरमा रहेका खेल प्रतिभाहरूको पहिचान गर्ने र उनीहरूलाई उचित मञ्च प्रदान गर्न आफू सदैव तत्पर रहने उहाँको भनाइ छ ।

जिल्लाभरका खेलाडी र खेलप्रेमीहरूको हितमा काम गर्दै खेलकुदको समग्र विकासमा इँटा थप्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो । रासस




भर्खरै