२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

सबैको भावनालाई समेटेर काम गर्नेछुः सभापति देउवा

सबैको भावनालाई समेटेर काम गर्नेछुः सभापति देउवा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र समावेशी सिद्धान्तलाई पूर्णरुपमा आत्मसात गरेर पार्टी सभापतिको हैसियतले सबैको भावनालाई समेटेर अघि बढ्ने बताउनुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा उहाँले आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिदै मतदानमा आफूलाई भोट नहाल्नेको पनि प्रतिनिधित्व गरेर पार्टी सञ्चालन गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टी सञ्चालनका लागि सबैको सहयोगको अपेक्षासमेत गर्नुभयो ।

सो अवसरमा उहाँले कांगे्रसको १४औँ महाधिवेशनका क्रममा वडा तहदेखि केन्द्रसम्म भएको प्रजातान्त्रिक प्रक्रिया र प्रयोग नेपालका अन्य पार्टीमा विरलै भएको बताउँदै सच्चा मानेमा कांग्रेस प्रजातान्त्रिक पार्टीका रुपमा स्थापित भएको र जनतामा भिजेको उल्लेख गर्नुभयो । आगामी दिनमा हुने तीनै तहका निर्वाचनमा कांग्रेस विजयी भएर सबैभन्दा ठूलो पार्टी बन्ने उहाँको भनाइ थियो ।

कांग्रेसले सफलतापूर्वक सबै तहका निर्वाचन सम्पन्न गरी सबै संरचनामा तल्लो तहदेखि नै महिलाको सहभागिता सुनिश्चित गरिएको अवगत गराउँदै सभापति देउवाले यस्तो समावेशी व्यवस्था सायदै अरु पार्टीमा नरहेको उल्लेख गर्नुभयो । उहाँले भोलिका दिनमा पार्टीमा महिला मतदाताको सङ्ख्या वृद्धिमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभयो ।

देउवाले महिलाका साथै आदिवासी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित गरेर कांग्रेस समावेशी पार्टी बनेको बताउनुभयो । साथै उहाँले विभिन्न चुनौतीका बाबजुद वडातहदेखि केन्द्रसम्मका अधिवेशन सम्पन्न गरेकामा पार्टीको केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद दिनुभएको थियो ।

समारोहमा महाधिवेशनबाट नवनिर्वाचित १३४ पदाधिकारी र सदस्यलाई समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो । समारोह लगत्तै आजै पार्टीको केन्द्रीय कार्यसमितिको   बैठक बोलाइएको छ ।