२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै



अ+ अ-

काठमाडाैँ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ । नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहने छ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेका सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने छ । “पहिलोपटक हिउँ चितुवाको अवस्था पत्ता लगाउन लागेका छौँ, करिब १० जना गणकहरु ४५ दिनसम्म क्यामेरा राख्दै, प्रत्यक्ष फोटो तथा भिडियो खिच्दै र चितुवाको पाइला तथा दिसा सङ्कलन गरी गणनाको प्रतिवेदन तयार पारिने छ”, सुवेदीले भने, “क्यामेराले कैद गरेका तस्बिर र अन्य स्थलगत प्रमाणहरुका आधारमा हिउँ चितुवाको सङ्ख्या पत्ता लाग्छ । आगामी वर्ष भने यहाँका नाउर र झारल गणना गरिने छ ।”

यस आरक्षको चार हजार मिटरदेखि सात हजार मिटरभन्दा माथिसम्म हिउँ चितुवाको बासस्थान रहेको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रफलमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्ने तयारी आरक्षले गरेको छ ।

रेन्जर सुवेदीका अनुसार हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । हिउँ चितुवाको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिने र पदचाप तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत गणना गरिने जनाइएको छ । यस आरक्षमा २०७९ सालको गणनाअनुसार एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए ।