३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूस–नेपाल सम्बन्ध सुदृढ गर्न भेटघाट कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौं । नेपालका लागि रुसका कार्यवाहक राजदूत रिनचेन रक्षायेभले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एक विशेष भेटघाट कार्यक्रम आयोजना गर्नुभएको छ ।

आज साँझ नेपाली मिडियाका केही सम्पादकहरुलाई संक्षिप्त सम्बोधन कार्यवाहक राजदूत रिनचेनले आफूहरुले आवश्यक सूचना तथा जानकारी प्राप्त गर्न तथा रुसी दूताबासका तर्फबाट आफ्ना जानकारीहरु स्पष्ट पार्न नेपाली मिडियाका प्रतिनिधिहरूसँग व्यावसायिक सम्पर्क कायम राख्ने पनि बताउनुभयो ।

सो सम्बोधनमा उहाँले भन्नुभयो “हामी विश्वस्त छौँ कि इमान्दार र सम्मानजनक सूचना आदानप्रदानले रुसी महासंघ र नेपालबीचको सम्बन्ध, विश्वास, पारस्परिक समझदारी र मित्रतालाई सुदृढ पार्न योगदान पुर्‍याउनेछ ।”

कार्यक्रम मार्फत रूस–नेपालबीचको परम्परागत मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको दूतावासले जनाएको छ। साथै, कार्यक्रममा सहभागीहरूबीच अनौपचारिक रूपमा विचार आदान–प्रदान गर्दै हाल भइरहेको सहकार्यबारे जानकारी लिने र भविष्यका सम्भावित सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने जनाईएको छ ।

दूतावासका अनुसार, यस्तो प्रकारको भेटघाटले दुई देशबीचको आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।