९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जर्मन फोटोग्राफर वाल्कुजको फोटो प्रदर्शनी सुरु

जर्मन फोटोग्राफर वाल्कुजको फोटो प्रदर्शनी सुरु
अ अ+ अ-

काठमाडौँ। ललितपुरस्थित पाटन दरबार परिसरमा जर्मनीका प्रख्यात फोटोग्राफर आन्द्रेज वाल्कुजको मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ ।

विश्वभरका मानव मुहारको गहिराइ, भावना र सत्यतालाई कैद गर्ने वाल्कुजको ‘बाबेल’ शीर्षकको श्यामश्वेत फोटो प्रदर्शनी नेपालका लागि जर्मनीका राजदूत उडो युगेन भोल्जले आज पाटन दरबार परिसरमा उद्घाटन गर्नुभयो ।

नेपालमा जर्मन फोटोग्राफरको फोटो प्रदर्शनी हेर्न पाउनु खुसीको कुरा भएको राजदूत भोल्जले बताउनुभयो । राजदूत भोल्जले भन्नुभयो, “उहाँले खिच्नुभएको फोटोहरूमा उहाँको आफ्नै कलात्मकपन देखिन्छ, तपाईँहरूले हेरेपछि देख्नुहुन्छ कि कस्तो तरिकाले उहाँले मानिसका भावहरु फोटोमा उतार्नुभएको छ ।”

फोटोग्राफर वाल्कुजलाई नेपालको फोटो छ कि छैन भनेर राजदूतले गरेको प्रश्नमा वाल्कुजले नेपाल निकै सुन्दर र रङ्गीन रहेको बताउँदै ती फोटोहरू अर्कोपटक रङ्गीन तस्वीरसहित प्रदर्शन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले वाल्कुजका फोटोका भावहरू निकै गहन रहेको औँल्याउनुभयो ।

पोट्रेट तर श्यामश्वेत फोटोहरूको आफ्नै कलात्मक महत्व रहेको भन्दै उहाँले विगतमा जर्मन पुगेर त्यहाँ आफूले पनि कला प्रदर्शनी गरेको स्मरण गर्नुभयो ।

फोटोग्राफर वाल्कुजले आफूले जीवनभर मानिसहरू, संस्कृति र कथाहरू अवलोकन गरेर यी फोटोहरू फ्रेममा उतार्न सफल भएको बताउनुभयो । ललितकला गुठीको आयोजनामा सुरु भएको उक्त फोटो प्रदर्शनी आगामी वैशाख ५ गतेसम्म जारी रहने छ । रासस