• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने

‘निजी क्षेत्रलाई ढुक्कसँग लगानी गराउन सकेमा मात्र देशमा आर्थिक समृद्धि आउँछ’



धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने र मुनाफा कमाउने सुनिश्चितता गर्न सकेमा मात्र देशमा आर्थिक समृद्धि आउने बताउनुभएको छ । यहाँ आज आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ मा पूर्वप्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव नरहेको बताउनुभयो ।

संविधानले निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यबारेको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशभित्रकै बैंक वित्तीय सङ्घसंस्थाका लागि लगानीको सुरक्षा र मुनाफा गर्ने वातावरण सिर्जना गर्न सकेनौँ भने विदेशी लगानी भित्र्याउने कुरा कल्पना हुन्छ ।” उहाँले बैंक, वित्तीय सङ्घसंस्था, व्यापारी पनि कर छल्ने र राज्यको राजश्व रोकिहालौँ भन्ने प्रवृत्तिबाट माथि उठ्न जरुरी रहेको बताउनुभयो । राज्यद्वारा लामो समयदेखि पछि पारिएका र परेका समुदाय र क्षेत्रलाई लोकतान्त्रिक प्रगतिशील राज्य सरकारले क्षतिपूर्ति दिन आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “उनीहरुलाई कहीँ न कहीँ विशेष अधिकारका रुपमा, रिजर्भेशनका रुपमा हिजो गरिएको अपमानको क्षतिपूर्तिका रुपमा नयाँ परियोजना र थप बजेट दिन जरुरी हुन्छ ।”

आफू प्रधानमन्त्री भएका बेलामा सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरिएको बताउँदै उहाँले पश्चिम सेती परियोजना र सुक्खा बन्दरगाहलाई अगाडि बढाउन, चीन नजीकका ताक्लाकोट र उरै नाका खोल्न तथा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि प्रयास भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले धनगढी–अत्तरिया क्षेत्रलाई औद्योगिक करिडोर, लम्कीको डुडेझारी र कञ्चनपुरका छेलामा औद्योगिक क्षेत्र तथा कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउन पहल भइरहेको जानकारी दिँदै वर्तमान सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वित्तीय विकासका लागि वित्तीय साक्षरता अभियानको खाँचो औँल्याउँदै सरकारले बेरोजगारका लागि राष्ट्रिय रोजगार प्राधिकरण बनाउन लागेको जानकारी दिनुभयो । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, ऊर्जा, पर्यटन र जडीबुटीको विकासमा सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै लगानीकर्ता भित्र्याउनका लागि चाहिने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावललगायतले वित्तीय सम्मेलन र आर्थिक गतिविधिका बारेमा बोल्नुभएको थियो ।