२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक
अ अ+ अ-

काठमाण्डौ।पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ आज सार्वजनिक भएको छ । पुस्तक कालिकास्थानमा रहेको पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुल्ला र सानो भेलाबीच सार्वजनिक भएको हो । यो पुस्तक दसवटा प्रमुख दार्शनिक प्रवृत्तिहरूमा केन्द्रीत रहेको छस जुन प्रवृत्तिहरू पश्चिमी दर्शनका आधार मानिन्छन् । लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापित गरेका हुन् ।

'मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ', 'लेखक पोखरेलले भने, मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने मेरो लेखकीय आकांक्षा र सदिक्षा हो ।'

उनी अगाडि भन्छन्, 'यस पुस्तकमा मैले पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नहरुलाई सहज नेपाली भाषामा बुझाउने प्रयास गरेको छु । यसको अर्थ पाठकहरुले ज्ञानका प्रश्नहरुलाई बुझुन् र आत्मसात गरुन् भन्ने हो ।'

नेपाली समाजमा पाश्चात्य दर्शनको प्रभावबारे प्रकाश पार्दै लेखक थप प्रस्ट्याउँछन्, 'हाम्रो समाजमा बिद्यमान कतिपय राजनैतिक संरचना र तिनका आधारस्तम्भ पश्चिमी समाजबाट आएका छन् । राज्य संरचना, राज्य र नागरिकबीचका अन्तरसम्बन्ध र तिनका राजनैतिक साथै आर्थिक कर्महरु पाश्चात्य सिद्धान्तमा आधारित छन् । त्यसैले मलाई लाग्छ हामीले आफैलाई बुझ्न पनि पश्चिमलाई बुझ्नु अपरिहार्य हुन्छ ।'

सार्वजनिक पुस्तकका बारेमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता विष्णु सापकोटा भन्छन्, 'पाश्चात्य दर्शनशास्त्रका बारेमा प्रशस्त पुस्तक लेखिएका छन् । तर यति सहज र सरल नेपालीमा यो विषयमा लेखिएका पुस्तकमध्ये यो दुर्लभप्रायः छ । साथै, यो पुस्तकको विशेषता भनेको के पनि हो भने, यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ ।'

यो पुस्तक पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन हो ।

कार्यक्रम संचालक तथा प्रकाशन नेपालयकी प्रकाशकीय सम्पादक भूषिता बशिष्ठ भन्छिन्, 'विभिन्न प्रतिकुलता हुँदा हुँदै पनि प्रकाशकका हिसाबले हामीले यो पुस्तकलाई प्रकाशन गर्नैपर्ने पुस्तकका रुपमा बजारमा ल्याउनु एउटा सचेत निर्णय थियो,।' उनी प्रस्ट्याउछिन्,'आजको युगमा हरेक सूचना र समाचारको आयू केही निमेषको मात्र छ, हामी अर्को महामारीको दोसँधमा छौं( विस्मृतिको महामारी । अहिलेको संसारको कोलाहलमा हराएका हामीलाई अल्झाउने कतिपय प्रश्नहरू पहिले नै चर्चा र विघटन भइसकेका छन् भन्ने तथ्यलाई सम्झन गाह्रो छ । त्यसैले, यो पुस्तकले हामीलाई राजनीति र दर्शनमा समसामयिक प्रवचनबाट अनावश्यक आवाजहरू विघटित गर्न मद्दत गर्दछ ।'

पुस्तकले विगत तीन हजार वर्षको पश्चिमी बौद्धिक इतिहासको रूपरेखा प्रस्तुत गर्दछ र कसरी विचारहरू बनाइयो, विघटन भयो र पुनस् उत्पन्न भयो भनेर देखाउँदछ । त्यस अर्थमा, यसले अनुमान र खण्डनहरू मार्फत बौद्धिक इतिहासको विकासलाई प्रतिनिधित्व गर्दछ । पुस्तकको शीर्षक 'एक अनि शून्यु ले जन्म, क्षय र विचारहरूको पुनर्जन्मको चक्रलाई सङ्केत गर्छ । अभिव्यक्त भएका हरेक विचारहरू नष्ट हुनुपर्छ र समयसँगै पुन: नवीकरण हुनुपर्छ ।

‘एक अनि शून्य’को मूल्य नेपाली बजारका लागि ४९५ रुपियाँ रहेको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ ।