२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सभामुखहरूसँग सभामुख अर्यालको छलफल: संसदीय अभ्यास र विधायन सुदृढीकरणमा जोड



अ+ अ-

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर्नुभयो।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।