२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ



अ+ अ-

बैतडी।  गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

पाटन नगरपालिका–८ सलमारीका ३४ वर्षीय रमेश विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

जबर्जस्ती करणीको मुद्दामा कैद सजाय तोकिएका विष्टलाई प्रहरीले आज निजको घरबाट पक्राउ गरेको हो । उनी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए ।

गोप्य सूचनाका आधारमा आज प्रहरीचौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेका विष्टलाई कारागार कार्यालय डडेल्धुराको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस