१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

घरेलु हिंसाले टुटेका परिवार जोडिँदै

घरेलु हिंसाले टुटेका परिवार जोडिँदै
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका गोविन्द रानाले मदिरा सेवन गर्न छाडेका छन् । हिजोआज मदिराका कारण परिवारमा हुने कलह हटेको छ । तीन जनाको परिवारमा खुशी छाएको छ ।
मदिरा सेवन गरी सधैं श्रीमतीलाई दुःख दिएको कुरा उहाँका लागि विगत भएको छ । त्यसलाई उनी सम्झन पनि चाहँदैन । मदिराकै कारण श्रीमतीमाथि हुने हिंसाले उनको परिवारमा सधैं कलह मात्रै हुन्थ्यो । त्यसकै कारण परिवारमा विवाद बढ्दै जाँदा सम्बन्ध विच्छेदसम्म पुगेको थियो । परिवारमा तनाव बढ्दै गएपछि विवाद गाउँमै रहेको मेलमिलाप केन्द्रमा पुग्यो ।
पहिलो पटक मध्यस्थकर्ताहरुले गोविन्दलाई मदिरा सेवन गर्दा हुने हानिका बारेमा सम्झाए तर, उनले मानेन् । उल्टै मेरो बदनाम गराउन खोजेको भन्दै झनै मदिरा सेवन गरी श्रीमती छोटी रानालाई कुट्न थाले । “सधैं घरमा झैझगडा हुने भएकाले सम्बन्ध विच्छेद गर्न नै पर्छ भन्ने भावना मनमा आइरहन्थ्यो,” छोटीले भनिन् – “श्रीमान्ले सधैं मदिरा सेवन गरी कुट्नु नियमित जस्तै थियो । म मानसिक रुपमा समेत कमजोर हुन थालेकी थिएँ ।”

उनले भनिन्- “घरपरिवारको सल्लाहमै पुनः मेलमिलाप केन्द्रमा पुगेपछि श्रीमान्ले मदिरा सेवन नगर्ने प्रण गरे । परिवारका सदस्यसँगै मेलमिलापकर्ताको सम्झाइबुझाइले काम गर्यो । श्रीमान्ले मदिरा छाडेपछि सधैं हुने हिंसा सदाका लागि हटेर गएको छ । एक छोरा सहित तीनजनाको परिवारमा अहिले सुख छ ।” गोविन्दासमेत मदिरा सेवन गरी घरकी लक्ष्मी जस्तै श्रीमतीमाथि हिंसा गरेकामा पछुतो मान्छन् ।
“अब मदिरा पिउँदिनँ,” उनले भने – “यसले सम्बन्ध मात्रै बिगार्दैन । धन र स्वास्थ्यमा समेत क्षति पुर्याउँछ ।” उनले भने – “मदिरा तपाई पनि नपिउनु होला । यसले सम्बन्ध तोड्ने कार्य मात्र गर्दैन, सामाजिक प्रतिष्ठा समेत गुम्छ ।”
मदिराका कारण बिग्रँदै गएको श्रीमान् र श्रीमतीबीचको सम्बन्धलाई पुनः जोडी समाजमा पुनःस्थापन गर्न पाउँदा निकै खुशी लागेको मेलमिलापकर्ता मधु बोहराले बताए ।
“विगतमा सधैं हुने झैझगडाले सम्बन्ध जोडिएला भनेर सोचेकै थिएनौं,” बोहराले भने– “सम्झाउँदाको परिणामले दुवैजना सँगै काम गर्न जाने, परिवारमा सल्लाह गर्ने र हिंसारहित वातावरणमा बस्न थालेको देख्न पाउँदा गर्वको अनुभूति हुने गरेको छ ।”
गाविन्दा र छोटी जस्तै शुक्लाफाँटा नगरपालिका–७ का फागुने सुनार र राधिका सुनारको परिवारमा हुने झैझगडा पनि सधैंका लागि हटेको छ ।
”श्रीमतीसँग सानै कुरामा विवाद हुँदा हिंसाकै तहसम्म पुग्दथ्यो,” फागुनेले भने – “खाना नमिठो बनाउँदा समेत रिस उठ्थ्यो । रिस उठेपछि हातपात हुनु कुनै नौलो कुरा थिएन ।”
विवाह गरेको धेरै भए पनि सन्तान नहुँदा उनको परिवारमा निकै तनाव थियो । त्यही कुरालाई लिएर समेत परिवारमा कलह हुन्थ्यो । “म अर्की श्रीमती ल्याउन चाहन्थे,” उनले भने – “एकले अर्काको कुरा सुन्न चाहँदैनथ्यौं । श्रीमतीले यसै कुरालाई लिएर रडाको मच्चाउँथिन् । त्यसपछि हिंसामा उत्रन्थे ।”
उनले भने – “मिलेर बस्नु पर्छ भन्ने भावना मनमा उब्जियो । बहुविवाह गर्ने कुरा बिर्सिदिए । श्रीमतीसँग सम्झौता गरें ।”
श्रीमतीले समेत विगत बिर्सिइन् । “मिलेर बस्न थालेपछि सन्तानको चिन्ता समेत हट्यो,” उनले भने – “मिलेर बसेको परिणाम स्वरुप दुई छोरा र एक छोरीको बुवा हुन पाएको छु ।”

अहिले दुवै जना मिलेर घरसल्लाहदेखि अन्य काममा हातेमालो गरेर अगाडि बढ्दै आएको छ यो जोडी । सुनार दम्पती गाउँमै उदाहरण बनेको छ ।
मानव जातिले एकमाथि अर्काले हिंसा गर्नुपर्ने रहेनछ । हिंसाले परिवार त टुट्छ नै । समाजको विश्वास समेत गुम्ने भएकाले मानसिक प्रताडनामा बाँच्नु पर्ने हुन्छ । फागुनेले भने – “बिर्सेर पनि घर सम्हाल्ने गृहणीमाथि हिंसा नगरौं । मैले विगतमा जे गरे त्यसमा पछुतो छ ।” उनका अनुसार घर टुट्नुको कारण महिलामाथि गरिने अविश्वास नै हो । वैवाहिक बन्धनमा बाँधिए पछि एकले अर्काको सम्मान गर्न सके मात्रै परिवारको सम्बन्ध कायम रहने हो । लिङको आधारमा विभेद गरी हिंसा गर्नु मानवीयता हैन ।
शुक्लाफाँटा नगरपालिका कार्यपालिका समितिका सदस्य विमला सार्कीका अनुसार घरबाट मात्रै महिलामाथि हिंसा हुने होइन कि सामाजिक रुपमै हिंसा हुने गरेको छ । “समानताको युगमा असमानताको व्यवहार व्यहोर्नु परेको छ,” उनले भनिन् – “अधिकारका कुरा गर्नेहरुका घरका महिलाहरु सबैभन्दा बढी पीडित रहेका छन् ।”
“म नगरपालिकाको कार्यपालिकाको बोर्ड सदस्य हुँ,” उनले भने – “महिलाका लागि बजेट विनियोजन गर्दा विभेद सहनु पर्ने । बैठकमा बोल्दा महिलाले बोलेर के नै हुन्छ भनेर फरक व्यवहार गर्ने । यी पनि मानसिक हिंसा नै हुन् जुन हामीले सहँदै आएका छौं ।”
चेतना भएकै वर्गमा यस्तो सोच हाबी हुँदा अरुको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ । अहं त्याग्न नसक्दासम्म समाजलाई हिंसा मुक्त गर्न नसकिने उनको ठम्याइ छ ।
नगरपालिकाको न्यायिक समिति सदस्य उत्तरदेव भट्ट पुरुषप्रधान समाजको चिन्तनका कारण महिलामाथि हिंसा बढ्ने गरेको बताउँछन् । उनले भने – “मेलै भनेको मानेन भन्ने भावनाले पुरुष बढी हिंसात्मक हुने गरेका छन् । हिंसात्मक सोचलाई त्याग्न सकेमात्रै समाजलाई समुन्नत बनाउन सकिन्छ ।”
उनले भने – “नारी निन्दा हुँदा सबै कुरा बिग्रिन्छ । वचनको हिंसालाई त्याग्न सके मात्रै समाजलाई परिवर्तन गर्न सकिन्छ ।”
“सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा भगवतीको पूजा हुन्छ, नारी शक्तिलाई पहिला भगवतीको रुपमा लिइँदा परिवार जोडिएका थिए,” उनले भने – “घरकै भगवतीको सम्मान गर्न छाडेर हिंसातर्फ समाज उन्मुख हुन थालेपछि परिवार त टुट्ने नै भए ।”

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई ३६५ दिनमै पु¥याउनु पर्ने उनको सुझाव छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुन थालेपछि यस क्षेत्रमा महिलामाथि हुने हिंसाबारे व्यापक रुपमा चासो व्यक्त गर्न थालिएको छ ।
यो अभियानले महिलामाथि हुने हिंसाका विरुद्ध महिलाहरु खुलेर कुरा गर्न थालेका छन । महिला र बालबालिकामाथि हुने शारिरीक, मानसिक तथा यौनजन्य हिंसाका घटनाहरु क्रमशः बाहिरिन थालेका छन् ।
शुक्लाफाँटा नगरपालिकामा सञ्चालित सामुदायिक सेवा केन्द्रले चार वर्षको अवधिमै घरेलु हिंसामा परेका २८८ जनाको पारिवारिक पुनर्मिलन गराएको छ । पारिवारिक पुनर्मिलन गराएका सबैजनाले महिलामाथि गर्ने हिंसा छाडेर सहज जीवन बिताउदै आएको महिला अधिकारकर्मी द्वारिका कुँवरले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार हिंसाबाट प्रभावित भै आव २०७३÷७४ देखि आव २०७५÷७६ को असोज महिनासम्म आत्महत्या दुरुत्साहनसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । झुिण्डएर आत्महत्या गर्नेको सङ्ख्या २१५ छ जसमध्ये महिलाको सङ्ख्या बढी छ । सोही अवधिमा जबर्जस्ती करणीका ६२, जबर्जस्ती करणी उद्योगका ४९ र मानव बेचबिखनका ३६ मुद्दा दर्ता भएका छन् ।