१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न कार्ययोजना

लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न कार्ययोजना
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६/७७ को अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

लैङ्गिकताका आधारमा भइरहेका विभेद हटाएर सम्मानपूर्ण रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील भएको उहाँको भनाइ थियो । “लैङ्कि हिंसा पूर्ण रुपले हटाउन ऐन, नियमावली र कार्यविधि बनाएर अघि बढ्नुपर्छ । सरकार समाजमा रहेका सबै खालका विभेद हटाएर सबै वर्ग, जाति र क्षेत्रलाई सम्मानपूर्ण रुपले बाँच्न पाउने वातावरण बनाउन लागिपरेको छ”, रक्षामन्त्रीले भन्नुभयो ।

लैङ्गिक हिंसा जोकसैले गरे पनि त्यसको भत्र्सना गर्नुपर्ने मन्त्री पोखरेलले बताउनुभयो । पीडितलाई संरक्षण र उद्धारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले औपचारिक र प्रायोजित कार्यक्रमले मात्रै हिंसा न्यूनीकरण नहुने स्पष्ट गर्नुभयो ।

सो अवसरमा महिलामन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाएको बताउनुभयो । मन्त्रालयले सबै प्रदेशमा कार्यक्रम आयोजना गरिरहेको उहाँको भनाइ छ । मन्त्रालयले मर्यादित महिनावारी नीतिको मस्यौदा तयार गरेको बताउँदै उहाँले भन्नुभयो, “आगामी वर्षदेखि मर्यादित महिनावारी दिवस मनाउने योजना रहेको छ ।”
मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले हिंसा न्यूनीकरणका लागि घरघरबाट र समुदायस्तरबाटै अभियान शुरु गर्न आवश्यक रहेको बताउनुभयो । अधिकारका क्षेत्रमा कार्यरत राधा पौडेलले मर्यादित महिनावारी नीति कार्यान्वयन गर्नुपर्ने र छाउप्रथा पूर्णरुपले अन्त्य गर्नुपर्ने औँल्याउनुभयो ।