काठमाडौं । चन्दागिरि हिल्स लिमिटेडको निमन्त्रणामा आज तेक्वान्दोका राष्ट्रिय खेलाडीहरु चन्द्रागिरि हिल्समा पुगेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले सो जानकारी दिएका छन् । उनका अनुसार हाल काठमाडौँमा जारी रहेको १३ औँ साग गेममा स्वर्ण तथा अन्य पदक जितेका र अरु पनि राष्ट्रिय खेलाडीहरु त्यहाँ पुगेका थिए । राष्ट्रिय खेलाडी दीपक विष्ट, संगीना वैद्यसहतिका खेलाडीहरु त्यहाँ पुगेका हुन् । उनीहरुका साथमा यस सागमा पदक जितेका खेलाडीहरुसमेतगरी ४२ जना चन्द्रागिरिमा पुगेका महाप्रबन्धक शाहले बताए ।
© 2023