काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार साँझ हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको छ ।
साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गर्नुभयो ।
टीका एवम् प्रसाद ग्रहण पछि राष्ट्रप्रमुखले कुमारीसंग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले खड्ग साटनुभयो ।
भाद्रशुक्ल द्वादशिका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थन गरी शुरू हुने यो जात्रा काठमाडौ उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो ।