१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन

नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताउनु भयो ।

उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताउनु भयो । उहाँले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो ।

उहाँले उद्धार, राहत र घाईतेको उपचारमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो ।

उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराउनु भयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको छ । देशभर मानिसहरुले ज्यान गुमाएको स्थिति छ । सडकहरु अवरुद्ध भएको, पुलहरु बगेको स्थिति छ । पहिरो, बाढी र डुबान भएको छ । त्यसलाई हामीले देशभरको सूचना संकलन गरेका छौँ । त्यसको मूल्यांकन गरेका छौँ । म सबैभन्दा पहिला प्राकृतिक प्रकोपको विपद्बाट ज्यान गुमाउनुहुने सबैका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । जोखिममा रहेका मानिसहरुलाई नेपाल सरकार अत्यन्त गम्भीरतापूवर्क, अत्यन्त संवेदनशील भएर यो विपद्को घडीलाई हेरिरहेका छौँ ।

म सबै दिदिबहिनी दाजुभाईलाई आश्वस्त गर्न चाहन्छु, नेपाल सरकारले आफ्नो तर्फबाट उद्धार गर्ने काममा, राहत दिने काममा, घाईतेको उपचार गर्ने काममा र सडकहरु अवरोध भएको स्थिति, बाढी, पहिरोका कारणले पुल पुलेसा बगाएको कुराहरुलाई मानिसहरुलाई पुनःस्थापित र पुनः निर्माण गर्ने काममा हामी अत्यन्त गम्भीरतापूर्वक काम गर्नेछौँ ।

सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न र नजिक जो पनि मानिस जोखिममा छ, उहाँहरुलाई सहयोग गर्नका लागि आग्रह गर्न चाहन्छु । मानिसहरुको उद्धार भइरहेको छ । नख्खु खोलामा केही मानिसहरु छतमा बसेको अवस्थामा हामीले कोशिस गर्दागर्दै पनि बचाउन सकेनौँ । यसका बारेमा दुःखी छु ।

हेलिकप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले उडाउन सकेनौँ । जमिनबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा नै दुर्घटना भयो । सशस्त्र प्रहरी बल नेपालकै जवानहरु बगेको स्थिति छ । जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएर हेरिरहेका छौँ ।’

गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताउनु भयो ।