७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय बाइक राइडर नेपालमा, साहसिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा



अ+ अ-

नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवद्र्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आएका छन् ।

भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरि काठमाण्डौं आइपुगेको हो ।

काठमाडौं आएको टोलीलाई आज नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरि बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ । फ्लाग अफ कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले नेपालमा पछिल्लो समय साहसिक पर्यटनका गतिविधि बढिरहेको सन्र्दभमा आयोजना गरिएको बाइक राइडरहरुको यो यात्राले नेपालको साहसिक तथा सांस्कतिक पर्यटन प्रर्वद्धन हुने बताउनु भयो ।

“नेपाल प्रकृति संस्कति र साहसिक पर्यटनको केन्द्र नै हो । नेपालमा साहसिक पर्यटनको लागि विभिन्न ढंगले पर्यटक आउने गरेका छन् । तर आफै राईड गरेर नेपाल घुम्दा हुने अनुभव पक्कै थप रोमाञ्चकारी भएको हुनुपर्छ । खासगरि भारतीय पर्यटकका लागि नेपालमा धार्मिक र सांस्कतिक पक्ष पनि जोडिने भएकाले यस प्रकारका यात्रा थप प्रभावकारी हुने अपेक्ष ागर्न सकिन्छ ।” उहाँले भन्नु भयो ।

भारतीय राइडरको टोलीमा नेपालका १० जना राइडर थपिएर सोमबार काठमाडौं, ललितिपुर, भक्तपुर काभ्रेको धलिखेसम्मको यात्रा तय गर्ने आयोजक जगदम्बा मोटर्स (टीभिएस नेपाल) का बजार प्रबन्धक प्रशान्त राजभण्डारीले जानकारी दिनुभयो ।

काठमाण्डौंको यात्रा सकेर भारतीय राइडरको टोली चितवन सौराहाको जाने र चितवनबाट बुटबल सुनौली हँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।