१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

मध्यपूर्व सङ्कट: स्थिति अझ जटिल र संवेदनशील

मध्यपूर्व सङ्कट: स्थिति अझ जटिल र संवेदनशील
अ अ+ अ-

पेरिस। मध्यपूर्वमा जारी युद्ध र कूटनीतिक तनावबीच पछिल्ला घटनाक्रमहरूले स्थिति अझ जटिल र संवेदनशील बनेको छ ।

अमेरिका–इरान युद्धविराम, लेबनानको सङ्कट, इजरायल–हिजबुल्लाह तनाव र ऊर्जा आपूर्तिमा देखिएको असरले क्षेत्रीय अस्थिरता थप गहिरिएको देखिन्छ ।

अमेरिका–इरानबीच पाकिस्तानमा भइरहेको शान्ति वार्तामा सहभागी हुन अमेरिकी उपराष्ट्रपति जेडी भान्स वासिङ्टनबाट प्रस्थान गर्नुभएको छ । दुवै पक्षले दुई हप्ते युद्धविरामका सर्त उल्लङ्घन गरेको आरोप लगाइरहेका बेला उहाँको भ्रमणलाई निर्णायक प्रयासका रूपमा हेरिएको छ ।

उपराष्ट्रपति भान्सले वार्ताअघि प्रतिक्रिया दिँदै सकारात्मक संवादको प्रयास गर्ने बताउनुभएको छ । उहाँका अनुसार इरानले इमानदारीपूर्वक वार्ता गर्न चाहेमा अमेरिका खुला मनले अघि बढ्न तयार छ, तर छलफललाई कमजोर बनाउने प्रयास भएमा अमेरिकी टोली कडा रहनेछ ।

यसैबीच लेबनानमा इरान समर्थित समूह हिजबुल्लाहका नेता नइम कासिमले सरकारलाई इजरायलसँग कुनै पनि प्रकारको सहुलियत दिन रोक्न चेतावनी दिनुभएको छ । उहाँले हालै इजरायलले लेबनानमा गरेको आक्रमणमा ३०० भन्दा बढीको ज्यान गएको भन्दै त्यसको कडा निन्दा गर्नुभएको छ । उहाँको भनाइमा लेबनानी सरकारले ‘निःशुल्क छुट’ दिनु स्वीकार्य हुने छैन ।

लेबनानको मानवीय अवस्था पनि तीव्र रूपमा बिग्रँदै गएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले देशको सम्पूर्ण खाद्य प्रणाली सङ्कटमा परेको चेतावनी दिएको छ । लगातारको द्वन्द्वका कारण मूल्यवृद्धि, आपूर्ति अवरोध र विस्थापन बढ्दै गएको र यो अवस्था अब खाद्य सुरक्षाको गम्भीर सङ्कटमा परिणत भइरहेको जनाएको छ ।

क्षेत्रीय सैन्य तनाव पनि बढ्दो क्रममा छ । हिजबुल्लाहले बेरुतमा भएको इजरायली आक्रमणको जवाफमा इजरायलको अशदोद नौसेना अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । समूहका अनुसार यो कदम युद्धविराम उल्लङ्घनको प्रतिकारस्वरूप गरिएको हो ।

यता युरोपेली र अरब देशहरूले इजरायललाई बेरुतमा नयाँ हवाई आक्रमण रोक्न कूटनीतिक दबाब दिइरहेको एक पश्चिमी कूटनीतिज्ञले बताएका छन् । खाडी मुलुकहरू र इजिप्ट पनि यस प्रयासमा सहभागी रहेको जनाइएको छ ।

मानवीय सङ्कटसँगै सहायता प्रयासहरू पनि अघि बढिरहेका छन् । रेड क्रस र टर्की रेड क्रिसेन्टले इरानतर्फ सहायता गाडी पठाएको छ । अन्तर्राष्ट्रिय रेड क्रस महासङ्घ (आइएफआरसी) ले इरानमा मानवीय आवश्यकताहरू अत्यन्त उच्च रहेको जनाएको छ ।

ऊर्जा क्षेत्रमा पनि प्रभाव देखिन थालेको छ । फ्रान्सेली ऊर्जा कम्पनी टोटल एनर्जीले साउदी अरेबियाको पूर्वी खाडी तटस्थित प्रमुख रिफाइनरी बन्द गरेको घोषणा गरेको छ । युद्धका क्रममा भएको क्षतिपछि बन्द गरिएको यो रिफाइनरी अरामकोसँगको संयुक्त परियोजना हो । साउदी ऊर्जा मन्त्रालयले आफ्ना तेल तथा ग्यास संरचनामा पछिल्ला दिनहरूमा धेरै आक्रमण भएको जानकारी दिएको छ ।

इजरायलमा पनि तनावपूर्ण अवस्था कायम छ । लेबनानबाट रकेट प्रहार भएपछि तेल अभिव र अशदोदसहित विभिन्न क्षेत्रमा हवाई आक्रमणको चेतावनी दिइएको छ । यद्यपि इजरायली हवाई रक्षा प्रणालीले केही रकेटहरू निष्क्रिय पारेको बताइएको छ र तत्काल ठूलो क्षतिको विवरण आएको छैन ।

इरानका सर्वोच्च नेता मोजताबा खमेनीले जारी गरेको सन्देशमा इरानले युद्ध नचाहे पनि आफ्नो अधिकार रक्षामा पछि नहट्ने बताउनुभएको छ । उहाँले क्षेत्रीय प्रतिरोध मोर्चालाई एकीकृत रूपमा हेर्ने उल्लेख गर्दै लेबनानको अवस्थाप्रति अप्रत्यक्ष सङ्केत गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि होर्मुज जलडमरूमध्यबाट तेल प्रवाहमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै यो कार्य युद्धविराम सम्झौताको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको छ । उहाँले इरानको व्यवहारलाई अस्वीकार्य भन्दै कडा शब्दमा आलोचना गर्नुभएको छ ।  (रासस/एएफपी)