१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः मनाङलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे ।

सुनिलले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रि(किकबाट उत्कष्ट गोल गर्दै मछिन्द्रलाई जित दिलाएका हुन् । 

यस जितसँगै मछिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मछिन्द्र मनाङ भन्दा एक अंकले अघि छ ।

दोस्रो स्थानमा रहेको मनाङको १३ अंक छ ।