२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः मनाङलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे ।

सुनिलले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रि(किकबाट उत्कष्ट गोल गर्दै मछिन्द्रलाई जित दिलाएका हुन् । 

यस जितसँगै मछिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मछिन्द्र मनाङ भन्दा एक अंकले अघि छ ।

दोस्रो स्थानमा रहेको मनाङको १३ अंक छ ।