१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

गौतमबुद्ध विमानस्थलमा हवाई दुर्घटना प्रतिकार्य पूर्वाभ्यास सम्पन्न

गौतमबुद्ध विमानस्थलमा हवाई दुर्घटना प्रतिकार्य पूर्वाभ्यास सम्पन्न
अ अ+ अ-

रुपन्देही। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सम्भावित हवाई दुर्घटनापछि गरिने उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बृहत् सङ्कटकालीन पूर्वाभ्यास सम्पन्न गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहले यदाकदा हुनसक्ने दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न र उद्धारमा संलग्न निकायको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित उक्त अभ्यास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाभ्यासअन्तर्गत दुर्घटना भएको अवस्थामा उद्धारकार्य कसरी शीघ्र र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने परीक्षण गरिएको हो ।

साथै, मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्ने उपायहरूको अभ्यास गर्नुका साथै कुनै दुर्घटना भए पनि विमानस्थललाई छोटो समयमा पुनः सञ्चालनमा ल्याउने क्षमताको विकासमा जोड दिइएको थियो ।

महाप्रबन्धक साहका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसार तीन प्रकारका अभ्यास सञ्चालन गरिएका छन् । ‘फुल स्केल एक्सरसाइज’अन्तर्गत जहाज दुर्घटना, घाइते तथा मृतकसमेत भएको यथार्थपरक अवस्था सृजना गरी उद्धार र उपचारको पूर्ण अभ्यास गरिन्छ भने ‘पार्सियल एक्सरसाइज’मा बम धम्कीजस्ता विशेष घटनामा केन्द्रित आंशिक अभ्यास गरिन्छ । ‘टेबल टप एक्सरसाइज’मार्फत सहभागी निकायबीच सञ्चार र समन्वय सुदृढ पार्न छलफल तथा योजनागत अभ्यास गरिन्छ ।

दुर्घटनाका बेला प्रभावकारी सञ्चारलाई प्रमुख आधार मानिएको छ । टावरबाट प्राप्त सूचना सुरक्षा निकाय, अग्नि निवारण, रेडक्रस तथा अस्पतालसम्म कसरी द्रुत रूपमा पुग्छ र त्यसअनुसार कसरी प्रतिकार्य हुन्छ भन्ने विषयमा सुक्ष्म परीक्षण गरिएको साहले बताउनुभयो ।

पूर्वाभ्यासमा विभिन्न निकायका प्रतिनिधिसँगै पर्यवेक्षकको सहभागिता थियो । सहभागीहरूले अभ्यासका क्रममा देखिएका कमजोरी औँल्याइ ‘डि–ब्रिफिङ’ मार्फत सुधारका उपाय सुझाव दिएका छन् । यस्ता अभ्यासले विमानस्थल सुरक्षामा मात्र नभई विपद्का बेला सर्वसाधारण र सञ्चारकर्मीलाई समेत उद्धार तथा सूचना प्रवाहमा सहयोग पु¥याउन सचेतना अभिवृद्धि हुने साहको भनाइ छ ।

अन्तरराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास प्रत्येक दुई वर्षमा गर्नुपर्ने प्रावधान रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताउनुभयो । जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल पुनः सञ्चालन र आपत्कालीन उद्धारमा सरोकार भएकाहरूको सक्रियतालाई व्यवहारिक रूपमा सञ्चालन गर्न यस्ता अभ्यास प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डभित्र रहेर आज बिहान ८ः१५ देखि ९ः३० बजेको बीचमा फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी ‘फुलस्केल’को आपत्कालीन अभ्यास गरिएको सूचना अधिकारी रावतले जानकारी दिनुभयो ।  रासस