१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने
टोखा नगरपालिका
अ अ+ अ-

काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि रु २० लाख सहयोग गर्ने भएको छ ।

हाम्रो बाल संरक्षण धरोहर नेपालको आयोजना तथा एसिया प्यासिफिक स्कुल टोखाको सहयोगमा आजदेखि यहाँ सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा टोखाले आश्रम निर्माणका लागि रु २० लाख सहयोग गर्ने घोषणा गरेको हो ।

सप्ताहको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अनाथ तथा असहाय बालबालिकाको संरक्षणका लागि हाम्रो बाल संरक्षण धरोहर नेपालले निर्माण गर्न लागेको आश्रमका लागि स्थानीय सरकारको तर्फबाट टोखाको साथ र सहयोग रहेने प्रतिबद्धता जनाउनुभयो ।

“बालआश्रम निर्माणका लागि आवश्यक पर्ने जग्गा र भवन निर्माणको बजेटका लागि अहिले टोखा नगरपालिकाको तर्फबाट रु २० लाख सहयोग गर्नेछ, पछि अपुग भएमा नगरपालिकाको सहयोग निरन्तर रहनेछ”, नगरप्रमुख अधिकारीले भन्नुभयो । उहाँले महान् उद्देश्यका साथ अनाथ तथा असहाय बालबालिकाका लागि आवास निर्माण गर्ने उद्देश्यले सुरु गरिएको सप्ताह ज्ञान महायज्ञमा सहभागी भई आफूले सकेको दान गर्न नगरबासीलाई आग्रहसमेत गर्नुभयो ।

नगरपालिकाकी उपप्रमुख मुरारी तामाङले सकारात्मक कामका लागि स्थानीय सरकारको सधैँ साथ र सहयोग रहने बताउनुभयो ।

वडा नं ६ का वडाध्यक्ष शान्ता खनाल पौडेलले सडकमा रहेका बेवारिसे बालबालिकाको संरक्षणमा हाम्रो बाल संरक्षण धरोहर नेपालले खेलेको भूमिका सराहनीय रहेको धारणा राख्नुभयो । टोखा नगरपालिकालाई बालमैत्री स्थानीय सरकार घोषणा गर्नका लागि स्थानीय सरकार लागेकाले यसमा सहयोग गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।

सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक एवं स्कुलका प्राचार्य रमेश घिमिरेले अनाथ तथा असहाय बालबालिकाका लागि आश्रम निर्माण गर्ने उद्देश्यले आजदेखि सप्ताह ज्ञान महायज्ञ सुरु गरिएकाले यसमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो । बालबालिकाको संरक्षण गर्ने जिम्मा सरकारको भएपनि व्यक्तिको पहलमा गरिएको यस्तो प्रयासमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाकी संस्थापक विनिता अर्यालले अनाथ तथा असहाय बालबालिका बस्नका लागि स्थायी घर निर्माण गर्ने उद्देश्यका साथ सप्ताह सुरु गरिएको बताउनुभयो ।

आजदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । उक्त श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको भागवत मञ्जरी राधिका दासले कथावाचन गरिरहनुभएको छ ।रासस