१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख



अ+ अ-

तेहरान। लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक महत्त्वपूर्ण हिस्सा भएको इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले बिहीबार बताउनुभएको छ। उहाँले सहमतिको उल्लङ्घनले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिनुभएको छ।

“इरानको सहयोगीको रूपमा रहेका लेबनान र सम्पूर्ण प्रतिरोधी गठबन्धन युद्धविरामको एक अविभाज्य हिस्सा हो,” सभामुख गालिबाफले एक्समा जारी एक पोष्टमा भन्नुभएको छ।

लेबनानमा इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको भोलिपल्ट गालिबाफले युद्धविरामको उल्लङ्घन नगर्न चेतावनी दिनुभएको थियो ।

“युद्धविराम उल्लङ्घन महँगो लागत सावित हुने र यसले कडा प्रतिक्रिया निम्त्याउने छ,” उहाँले भन्नुभयो ।

युद्धविराममा सहमति भएदेखि तेहरान र वाशिङ्गटनले लेबनान समावेश छ कि छैन भन्ने बारेमा प्रतिस्पर्धात्मक सन्देश दिएका छन् ।

“इजरायली सेनाले लेबनानी सशस्त्र समूह हेजबुल्लाहलाई ‘जहाँ आवश्यक छ’ त्यहाँ आक्रमण गर्नेछ,” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले
भन्नुभयो ।

बुधबार साँझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘वैध गलतफहमी’ को संज्ञा दिएका थिए ।

“मलाई लाग्छ, इरानीहरूले सोचेका थिए कि युद्धविराममा लेबनान पनि समावेश छ र त्यसो भएन। हामीले त्यो वाचा कहिल्यै गरेका छैनौँ,” हङ्गेरीको भ्रमणपछि उहाँले भन्नुभयो ।

“लेबनानमा इरानको उनीहरूसँग कुनै सम्बन्ध छैन । यदि इरान यो वार्ता भङ्ग हुन चाहन्छ भने यो उनीहरूको छनौट हो,“ उहाँले भन्नुभयो ।

इरानी अधिकारीहरूले युद्धविराममा लेबनानलाई पनि समावेश गर्न जोड दिएका छन् र युद्धविरामको घोषणा गर्दा मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बयानलाई औँल्याउनुभएको छ ।

शरिफले ट्वीटमा लेख्नुभएको छ, “इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका तथा उनीहरूका सहयोगी राष्ट्रहरूले लेबनान र अन्य सबै स्थानमा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन् । मलाई यो जानकारी गराउँदा खुशी लागेको छ ।” शरिफले ट्वीटमा लेखेका छन् ।

बिहीबार सभामुख गालिबाफले पाकिस्तानी नेता शरिफले लेबनान मुद्दालाई सार्वजनिक र स्पष्ट रूपमा जोड दिएको बताउनुभएको छ । “त्यहाँ अस्वीकार गर्ने वा पछाडि हट्ने कुनै ठाउँ छैन,” उहाँले थप्नुभयो । (रासस/एएफपी)