४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बादलप्रति भट्टराईको कटाक्ष: कव्जा, आक्रमण , दुश्मन शव्दावलीहरु एमालेका होईनन्

उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ

बादलप्रति भट्टराईको कटाक्ष: कव्जा, आक्रमण , दुश्मन शव्दावलीहरु एमालेका होईनन्
अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ ।

भट्टराईले सामाजिक सञ्जालमार्फत थापाले जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो त्यो पार्टी नीति र एमाले स्कुलीङका विरुद्ध भएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ –

कावा अध्यक्ष एवं दलनेताको बोली र एमाले :

हाम्रो पार्टी नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा दलका नेता कमरेड राम बहादुर थापा “वादल” ले हिजो चैत्र २५ गते, पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई संवोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो त्यो पार्टी नीति र एमाले स्कुलीङका विरुद्ध छ ।

कव्जा, आक्रमण , दुश्मन आदि

शव्दावलीहरु एमालेका होईनन् ।

जनताको वहुदलीय जनवादको मार्गदर्शन विलकुल यो होईन ।

हामी कव्जा होईन, जनताको मन जितेर प्रतिष्पर्धामा श्रेष्ठ हुन्छौ, कव्जा हाम्रो नीति होईन । हामीले आक्रमण होईन शान्तिपुर्ण संघर्षबाट विजयलाई सुनिश्चित गर्छौ । हामी प्रतिष्पर्धा गर्छौ दुश्मनी गर्दैनौं । एमालेको संघर्षको नीति यो हो ।

कार्यवाहक अध्यक्षज्युलाई सिकाउन खोजेको विलकुल होईन,

उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ ।

उहाँले आज नेकपा (एमाले) कुन अवस्थामा छ भन्ने आँकलन र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने कुराको तरीका पनि ठम्याउन सक्नु भएन ।

उहाँमा विलकुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृति देखियो ।

व्यक्तिगतरुपमा उहाँलाई मैले सैध्दान्तिक चेत भएको कम बोल्ने भद्र नेताकारुपमा लिन्थे ।

उहाँको यो भाषण देखेपछि पुरानो होकि वा एआईले पो गडवड गरेछकि भन्ने लागेर अलि बुझ्न खोजें ।

तर अहिलेकै र वास्तविक रहेछ ।

वास्तवमा मलाई दुख लाग्यो ।

पार्टीको आजको खलवलिएको अवस्थामा नेतृत्व लिनु भएका मुख्य जिम्मेवारको अवस्था यो छ ।

उहाँले न पार्टीको अवस्था न दृष्टिकोण दुवै बुझेको देखिएन । फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो ।

कार्यवाहक र दलको नेताको जिम्मेवारी दिनु हुने आदरणीय पार्टी अध्यक्ष कमरेड र सचिवालयका कमरेडहरुले बेलैमा सोच्नुहोस् ।
धन्यवाद ।।