९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघ निर्वाचनमा सुष्माको उम्मेदवारी, महिला उद्यमीको हकहितलाई मुख्य एजेन्डा



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा कार्यकारिणी महिला खुला सदस्य पदका लागि सुष्मा महराले उम्मेदवारी घोषणा गरेकी छन्।

साना तथा मझौला व्यवसायी र महिला उद्यमीको हकहितलाई मुख्य एजेन्डा बनाएकी महराले व्यवसायमैत्री वातावरण, समावेशी नेतृत्व र नीतिगत सुधारमा जोड दिएकी छन्। महिलालाई केवल कोटामा सीमित नराखी क्षमता र गुणस्तरका आधारमा नेतृत्वमा ल्याउनुपर्ने महराको धारणा छ।

महराले साना व्यवसायीहरूलाई सहुलियतपूर्ण ऋण, प्रविधिमा पहुँच र झन्झटमुक्त कर प्रणालीका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।