११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

कोहलपुर घटना साम्य पार्न ६ बुँदे सहमति, के के छन ?

कोहलपुर घटना साम्य पार्न ६ बुँदे सहमति, के के छन ?
अ अ+ अ-

नेपालगन्ज । बाँकेको कोहलपुरमा आइतबार बिहान भएको सडक दुर्घटनापछि उत्पन्न तनाव दिनभरिको वार्ता र छलफलपछि ६ बुँदे सहमतिमा टुंगिएको छ । घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा स्थानीय प्रशासनको पहलमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर ६ बुँदे सहमति खोजी टुंग्याएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको राजनीतिक दल, नागरिक समाज, अभिभावक, विद्यालय व्यवस्थापन गरी सर्वदलीय बैठक बसेर सो सहमति गरिएको छ ।

६ बुँदे सहमतिअन्तर्गत दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षा दीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने, भिडन्तमा घाइते सम्पूर्णलाई उपचार खर्च राज्यले बेहोर्ने, घटनामा घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीलगायत सबै सरोकारवाला पक्षले पहल गर्न सद्भाव र्यालीको आयोजना गर्ने रहेको छ ।

यसैगरी, घटनाले उग्ररूप लिनुमा कुनकुन ठाउँबाट कमजोरी भयो भनी छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने, घाइतेको उपचार, क्षतिपूर्ति तथा राहतका लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी, शैक्षिक संस्थालगायत सरोकारवाला सबैले आआफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।

सहमतिपछि पनि एक समूह सडकमा उत्रिएर तोडफोड गर्न सुरु गरेपछि त्यस्ता गतिविधि रोक्न तथा विध्वंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रहरीले राजमार्ग र आसपासको सुरक्षाको व्यवस्था बलियो बनाएको छ । स्थानीय त्रिभुवन नमुना माविमा ७ कक्षामा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि दोषीमाथि कारबाही, पीडितलाई न्याय र औषधि उपचारको माग गर्दै आक्रोशित विद्यार्थीको भीड नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कोहलपुरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको थियो ।

आइतबारको घटनाको विरोध गर्दै कोहलपुर उद्योग वाणिज्य संघको आह्वानमा सोमबार पनि दिनभर कोहलपुर क्षेत्र ठप्प पारिएको थियो । सहज रूपमा विद्यालय चलाउने वातावरण नभएको भन्दै कोहलपुरका सबै शिक्षण संस्था बन्द भएका थिए । बिहानैदखि विद्यालय तथा पसल व्यवसाय खोल्ने वातावरण नभएका कारण विद्यालय बन्द गरेर वातावरण शान्त पार्न पहल गरिएको प्याब्सन कोहलपुरका यमबहादुर रावतले जानकारी दिए । उनले कोहलपुर नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत शिक्षण संस्था सबै बन्द गरिएको बताए ।

प्रदर्शनका क्रममा घाइते भएका १९ जना सर्वसाधारण र ४० जना प्रहरीमध्ये ११ जना सर्वसाधारणको काठमाडौंमा उपचार भइरहेको, तीन प्रहरीसहित एक जना नेपालगन्जमा र बाँकी उपचारपछि घर गएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । प्रहरीतर्फ घाइते प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित ४० जना रहेको र उनीहरूको क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको उनले जानकारी दिए । राजधानी दैनिकबाट