११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने

६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर)लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ ।
खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पुर्याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यस्तै बाँधस्थलनजिकै अर्को विद्युत्गृहबाट थप ३५ मेगावाट विद्युत् उत्पादन गर्न खोजिएको छ ।

यसअघि भूमिगत विद्युत्गृह बनाएर ८३५ मेगावाट उत्पादन हुनसक्ने देखिएकामा आर्थिक तथा अन्य कारणले ६३५ मेगावाट नै बनाउने निष्कर्षमा प्राधिकरण पुगेको छ । ८३५ मेगावाटमा बनाउँदा वित्तीय प्रतिफल अनुपात ९.२ प्रतिशत र ६३५ मेगावाटमा बनाउँदा ९.६ प्रतिशत हुने अनुमान प्राधिकरणको छ । आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार अहिले परामर्शदाताले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन जनवरी अन्त्यसम्ममा बुझाउने छ ।

आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलोक्ट्रो कन्सल्टले जापानको न्युजेकसँगको सहकार्यमा अध्ययन गरिरहेको छ । सम्झौताअनुसार परामर्शदाताले मङ्सिर २ भित्र बुझाउनुपर्ने कार्यसूची थियो । प्रतिवेदनहरू प्राप्त हुनासाथ सोअनुसार लगानीको मोडालिटीका विषयमा छलफल गर्ने तयारी प्राधिकरणको छ । पछिल्लो अध्ययनअनुसार आयोजनाको कुल लागत १.५५ अर्ब अमेरिकी डलर (१ खर्ब ७५ अर्ब रुपियाँ) रहेको छ । यसमध्ये एसियाली विकास बैङ्कले आयोजनाका लागि ५५ करोड डलर लगानीको प्रतिबद्धता जनाएको छ ।

परामर्शदाताको प्रतिवदेन प्राप्त भइनसकेकाले वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन र कम्पनीको कार्यक्रममा मोडालिटी टुङ्ग्याउन सकिएको छैन । “सम्भावित लगानीकर्तासँग अनौपचारिक छलफल भइरहेको छ तर डीपीआर प्राप्त नभएकाले निश्चित रूप पाउन सकेको छैन,” आयोजना प्रमुख श्रेष्ठले भने, “आयोजना निर्माणका लागि गर्नुपर्ने ठेक्का सम्झौताका डकुमेन्ट तयारी पनि गरिरहेका छौं ।” सन् २०२१ जनवरीदेखि निर्माण थाल्ने भनिएको सो आयोजना निर्माण सुरु भने केही ढिला हुने देखिएको छ ।

डीपीआर लगायतका प्रतिवेदन अध्ययन, वित्तीय व्यवस्थापन, ठेक्का प्रक्रिया लगायतका काम एक वर्षभित्रै सम्पन्न गर्न समय अभाव हुने भएकाले केही महिना पछि धकेलिने सम्भावना छ ।रभुँवाघाटमा बाँध बाँधी ताल निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३.३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने विद्युत्गृहमा पानी खसाल्ने र सो पानी सुनकोसीमा पुग्नेछ । रभुँवाघाटमा २२० मिटर अग्लो र ६३० मिटर लामो बाँघ बाँधेर जलाशय बनाईनेछ ।

बाँधका कारण जलाशयदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दस किलोमिटर, खोटाङतर्फको रावाखोलामा आठ किलोमिटर र ओखलढुङ्गाको ठोट्नेखोला किनारसम्म चार किलोमिटर क्षेत्रफल समेटिने देखिएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका करिब १६२ घर विस्थापित हुने प्रारम्भिक अनुमान रहेकोे आयोजना प्रमुख श्रेष्ठले बताए । गोरखापत्र दैनिकबाट