२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

सहयात्री दलको सुझाव: माओवादी स्थिर र स्पष्ट पहिचानयुक्त होस्

सहयात्री  दलको सुझाव: माओवादी स्थिर र स्पष्ट पहिचानयुक्त होस्
अ अ+ अ-

काठमाडौँ । सहयात्री  राजनीतिक दलले नेकपा (माओवादी केन्द्र)लाई राष्ट्रिय सम्मेलनमार्फत स्थिर र स्पष्ट पहिचानयुक्त लोकतान्त्रिक शक्तिका रूपमा  रुपान्तरण भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । माओवादीको आजदेखि प्रारम्भ हुने सम्मेलनको सफलताका कामना गर्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताले आफ्नो आदर्श, मूल्य मान्यताका कार्यसूची, आन्दोलनका जग र कार्यकर्ताका भावनालाई नबिर्सन सल्लाह दिनुभयो ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञावलीले मुुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको नेकपा ९माओवादी केन्द्र० शान्ति प्रक्रियामा आइसकेपछि असाध्यै अस्थिर मात्र नभई कतिपय आदर्शबाटै टाढिन खोजेको  विचार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादीले कहाँ आइपुगियो, हिजो कहाँ थियौँ, आज कुन अवस्थामा छौँ भन्ने गहन आत्मसमीक्षा गरोस्, आफ्नो आदर्श, मूल्य, मान्यताका एजेण्डा, हिजो जग कार्यकर्ताका भावनालाई नबिर्सियोस् भन्ने हाम्रो अपेक्षा छ । अरुको सहयोगी शक्तिका रूपमा होइन, एउटा स्वतन्त्र र आफ्नो खुट्टामा उभिएर आउन सकोस् यही शुभकामना छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका मूल कार्यसूची स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको माओवादीलाई पछिल्लो समय मुलुकको यथार्थभन्दा बाहिर गएका कारण खुम्चन पुगेको आरोप छ । राष्ट्रिय सम्मेलनमार्फत २१औँ शताब्दी सुहाउँदो मुलुक हाँक्ने र जनतालाई लाभ हुने स्पष्ट रणनीति र सिद्धान्त तय गर्न सकोस् भनी माओवादीलाई सहयात्री दलले शुभेच्छा प्रकट गरेका छन् ।

नेपाली कांग्रेकी नेत्री पुष्पा भुषालले संविधानले निर्देशित गरेअनुसार विधान बनाएर अघि बढ्नुपर्ने पहिलो दायित्व भएकाले राष्ट्रिय सम्मेलनले संविधानको परिकल्पना, नेतृत्वका लागि अवसर र समावेशी लोकतन्त्रका पक्षमा स्पष्ट खाका तय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन आन्तरिक सङ्गठन मजबुद गराउनका साथै राष्ट्रिय राजनीतिका विषयवस्तु, संविधान कार्यान्वयन, जनसरोकारका विषयमा केन्द्रित हुन जरुरी छ । नेता केन्द्रित भएमा नीति कमजोर हुन्छ । नीति कमजोर भए मुुलुकको राजनीति र परिवर्तनका उपलब्धि कमजोर हुन्छन्, त्यसकारण राष्ट्रिय सम्मेलन मुलुकको नीति, राष्ट्रिय राजनीति, जनता, रुपान्तरण र परिवर्तनमुखी हुनुप¥यो ।”

एउटा कालखण्ड र पृष्ठभूमिबाट स्थापित भएकाले माओवादीका एजेण्डा केही क्रान्तिकारी हुनसक्ने भए पनि मुलुकको धरातल र राष्ट्रिय राजनीतिले खोजेको स्पष्ट दिशानिर्देश समात्न सक्नुपर्नेमा जोड दिँदै नेत्री भुषालले भन्नुभयो, “यथार्थभन्दा बढी रुपान्तरणकारी र क्रान्तिकारी देखाउन खोज्दा समाजसँग मेल नखान सक्ने पक्षलाई माओवादीले समयमै हेक्का राखोस् ।” 

विभिन्न टुटफुट, एकता र सङ्घर्षका अनुभव रहेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाइमा पु-याउने र भरपर्दो कम्युुनिष्ट शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । विचार, नीति र कार्यक्रमलाई थप परिस्कृत र स्थापित गर्दै परिवर्तनको एजेण्डालाई नयाँ आधारमा लैजाने सङ्कल्प सम्मेलनले गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले महाधिवेशन होस् वा राष्ट्रिय सम्मेलन राजनीतिक दललाई चुस्त तुल्याउने, नीति, विचार, सिद्धान्त र नेतृत्व छनोटका लागि गरिने वैधानिक प्रक्रिया भएकाले उद्देश्यअनुरुप कार्यान्वयन हुनुपर्छ भन्नुभयो ।

प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका  उहाँले भन्नुभयो, “महाधिवेशनमा नीति र विचारका विषयमा गम्भीर छलफल हुनुपर्छ, पार्टी विधि र पद्धतिअनुरुप चलाउन महाधिवेशन नियमित गरिनुपर्छ । राष्ट्रिय राजनीतिक, पार्टीका नीति, आगामी गन्तव्य समाजवाद प्रवेश र प्राप्तिका विषयमा पनि गहन बहस हुनुपर्छ ।”

राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन नेकपा ९एमाले०सँग पार्टी एकता गरेको माओवादी गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो । नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य हरिबोल गजुरेलले सानो वा ठूलोजस्तो सुकै भए पनि अहिले कार्यसूचीका हिसाबले मुलुकका राजनीतिको केन्द्रमा माओवादी नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “माओवादीका एजेण्डा कतिपय संविधानमा लिपिबद्ध भएका र  केही बाँकी रहेर मूर्तरुप पर्ने भएकाले अहिले हुन लागेको यो सम्मेलन नेपालको राष्ट्रिय राजनीतिमा दूरगामी महत्व राख्छ । विगतमा विचार र राजनीतिमा बहस कम भई विचार, आचरण र कार्यशैलीमा कमी÷कमजोरी भए त्यसलाई सच्याएर नयाँ कार्यदिशासहित उचाइ प्राप्त गर्न आत्मसमीक्षासहित यस सम्मेलनले एजेण्डा पारित गर्ने छ ।”

जनताको माओवादीको रुपान्तरणको अपेक्षालाई महाधिवेशनले सम्बोधन गर्न अग्रसर रहेको बताउँदै नेता गजुरेलले माओवादी बाघको बच्चा भए पनि विभिन्न परिस्थितिले भेडाजस्तो हुन पुगेकाले अधिवेशनले आफ्नो ओज र आवश्यकता  पुष्टि गर्ने धारणा व्यक्त गर्नुभयो । 

‘सत्ता र शक्तिका लागि जुनसुकै बेला सहयात्रीलाई धोका दिन्छ’ भन्ने माओवादी नेतृत्वले भने गम्भीर आरोप खेप्दै आएको छ । यद्यपि माओवादीले नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवादोन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजनासमेत तय गर्ने जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकिशोर यादवले मुलुक र जनताका नाममा आन्दोलनका बेला उठाएका मुद्दाबाट विमुख भएर सत्ताप्राप्तिका लागि संसदीय भासमा फसेका कारण माओवादीले रुपान्तरणको अपेक्षा पूरा गर्न सङ्घर्ष र इमान्दार प्रयास नै गरेकोे देखिएन भन्नुभयो । उहाँले भन्नुभयो, “महाधिवेनबाट आन्तरिक लोकतन्त्र सुदृढ गर्न नेतृत्वलाई दबाब सिर्जना गर्छ, नेतृत्वका लागि पुस्तान्तरण गर्न सहज हुनेछ ।”

वामपन्थी विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ले हिजोका दिनमा व्यक्ति र पार्टीको योगदान एउटा विषय भए पनि अहिले माओवादी चुनाव जित्ने र ठूलो पार्टी बन्ने प्रतिस्पर्धामा रहेको संसदीय पार्टीमा सीमित भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “माओवादीले अहिले श्रमजीवी वर्गको हितमा काम गर्ने हैसियत  नै राख्दैन । विचारको बहस छैन, एकता पार नलागेपछि कार्यकर्तालाई फर्काउन क्रान्तिकारी नारा लगाउने अवस्था मात्र हो अहिले । फरक–फरक कोणबाट दस्तावेज ल्याएर गहन छलफल हुने देखिन्न । कम्तीमा पनि देशभक्तिपूर्ण अडान राख्ने पार्टीसम्म बनाए राम्रो हुन्थ्यो ।” रासस