११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

जापानले बनाइदिएको सय बेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीरलाई सरकारको अनुमति

जापानले बनाइदिएको सय बेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीरलाई सरकारको अनुमति
अ अ+ अ-

काठमाडौं । जापानले बनाइदिएको सय बेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीर अस्पताललाई सरकारले अनुमति दिएको छ । बजेटमै निकासा भएको १५ करोड नयाँ भवनमा खर्च गर्न र मिर्गौला तथा ग्यास्ट्रो सेवा तत्काल सुरु गर्न निर्देशन दिँदै मन्त्रालयले थप रकम निकासा दिने आश्वासन पनि दिएको छ । जापानी सहयोग नियोग (जाइका)ले बनाइदिएको भवन अलपत्र परेपछि मन्त्रालयले पहलकदमी लिएको हो । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले अत्याधुनिक नयाँ भवनमा गुणस्तरीय सेवा सञ्चालन गर्न १५ करोड खर्च गर्न अनुमति दिइएको बताए ।

उनका अनुसार यो रकमले तत्कालै उपकरण किनेर नयाँ भवनबाट मिर्गौला र ग्यास्ट्रोको सेवा दिनुपर्नेछ । पुरानो भवनमा आवश्यक ठाउँकै अभाव भएकाले त्यहाँ सेवा थप्न समस्या हुने भन्दै नयाँ भवनमा विस्तार गर्न भनिएको मन्त्रालयले जनाएको छ । पुरानो भवनमा डायलाइसिसका २४ मध्ये १२ मेसिन पनि सञ्चालनमा छैनन् । वीरमा भिड लाग्ने बिरामी सेवा नपाउँदा निजी अस्पतालमा महँगो शुल्क तिरेर डायलाइसिस गर्न बाध्य छन् । अस्पतालले नयाँ भवन सञ्चालन गर्न एकैपटक ५२ करोड मागेको थियो । तर, मन्त्रालयले तत्काल सबै रकम दिन नसक्ने जनाएको छ ।

१५ करोडले मिर्गौला र ग्यास्ट्रोको सेवा सुरु गरेपछि मुटुको सेवा र आइसियू सञ्चालनका लागि भने आवश्यक कार्ययोजनाअनुसार बजेट व्यवस्थापन गर्दै जाने मन्त्रालयले जनाएको छ । ‘जाइकासँग भएको सम्झौताअनुसार नयाँ भवनका लागि उपकरण किन्ने हामीले नै हो । तर, अस्पतालले एकैपटक ५२ करोड मागेको छ, हामी त्यो दिन सक्ने अवस्थामा छैनौँ,’ देवकोटाले भने, ‘के–के खरिद गर्ने हो विस्तृत योजना लिएर आए थप रकम दिँदै जाने व्यवस्था गर्छौँ ।’ वीरले पनि एकैपटक ५२ करोडका उपकरण किन्न नसक्ने मन्त्रालयले जनाएको उनले बताए ।

जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग नगरेको समाचार प्रकाशित भएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गत शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई मन्त्रालयमै बोलाएर कारण सोधेका थिए । न्याम्सका पदाधिकारीले आर्थिकलगायत समस्याका कारण मेसिन किन्न नसकेको बताएका थिए । छलफलपछि मन्त्रीले आवश्यक सहयोग मन्त्रालयले गर्ने वचन दिँदै भवन सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । देशकै जेठो अस्पताल वीरका लागि जापानी सहयोग नियोग (जाइका)ले ८८ करोड लागतमा ३० बेडको आइसियूसहितको तीनतले भवन बनाएर हस्तान्तरण गरेको पाँच महिना भइसकेको छ ।

मुटु, मिर्गौला र ग्यास्ट्रोको सेवा उपलब्ध गराउने गरी भवन बनाइएको छ । भवनमा अपांगमैत्री र शौचालयको विशेष सुविधा भएका कक्षहरू छन् । तर, बनेको भवन अलपत्र हुँदा वीर अस्पताल आउने कम्तीमा १० बिरामी हरेक दिन निजी अस्पतालको आइसियूमा रेफर हुने गरेका छन् । भवन सञ्चालनमा नआएपछि जाइकाले ताकेता गर्दै आएको छ । जाइकाले भवन बनाइदिने र नेपाल सरकारले उपकरण किन्ने गरी सम्झौता भएको थियो । तर, सरकारले उपकरण व्यवस्था नगर्दा भवन अलपत्र परेको छ ।

वीरका निर्देशक डा. केदार सेञ्चुरी भन्छन्–चाँडै उपकरण किन्छौँ, नेफ्रो वार्ड मंगलबारबाटै नयाँ भवनमा सुरु गर्छौँ नयाँ भवनका लागि उपकरण किन्न स्वास्थ्य मन्त्रालयले १५ करोड दिएको छ । खरिद प्रक्रिया अघि बढिसकेकाले अब चाँडै नै उपकरण किन्छौँ । मिर्गौला रोगको उपचार (नेफ्रो वार्ड) भने मंगलबारबाटै नयाँ भवनमा सार्ने तयारी गरेका छौँ । नयाँ पत्रिका दैनिकबाट