५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत



अ+ अ-

कोलम्बो। विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान स्वीकृत गरेको छ ।

माछापालन मन्त्रालयका अनुसार, उक्त अनुदान योजना अप्रिल २० देखि कार्यान्वयनमा आउनेछ । यस योजनाअन्तर्गत साना माछा मार्ने डुङ्गाहरूले प्रति लिटर इन्धनमा ५० श्रीलङ्काली रुपैयाँ (करिब ०.१७ अमेरिकी डलर) अनुदान प्राप्त गर्नेछन् ।

त्यसैगरी, लामो समयसम्म समुद्रमा रहने बहुदिने माछा मार्ने जहाजहरूले प्रत्येक यात्रामा एक लाख ५० हजार रुपैयाँ अनुदान पाउनेछन् ।

मन्त्रालयले जनाएको अनुसार, विश्व बजारमा इन्धन मूल्य वृद्धि तथा मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण इन्धन आपूर्ति प्रभावित भएपछि श्रीलङ्काको माछापालन क्षेत्र गम्भीर समस्यामा परेको छ ।

यसै सन्दर्भमा आइतबार आयोजित विशेष छलफलपछि माछापालन क्षेत्रलाई राहत दिने उद्देश्यले उक्त निर्णय गरिएको हो ।

सरकारले यो अनुदानमार्फत माछा मार्ने व्यवसायीहरूको लागत घटाउने, उत्पादन कायम राख्ने तथा समग्र माछापालन क्षेत्रलाई स्थिर बनाउने लक्ष्य राखेको छ ।  (रासस/सिन्ह्वा)