१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिमा नयाँ प्रयोग, बुधबार राजदूतहरुलाई प्रधानमन्त्रीको सामूहिक भेट



प्रधानमन्त्री बालेन्द्र शाह
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको कूटनीतिक इतिहासमा नै एउटा नयाँ प्रयोग गर्ने भएका छन् । उनले नेपालमा रहेका विदेशी कूटनीतिक नियोग प्रमुख एवं राजदूतहरुलाई सामूहिक रुपमा भेट्ने भएका हुन् ।

समाचार स्रोतका अनुसार प्रधानमन्त्री शाहले भोलि नेपालमा रहेका विदेशी राजदूतहरुलाई यसरी भेट्ने भएका हुन् । उनी प्रधानमन्त्री नियुक्ति भएको १० दिन बितिसक्दासम्म पनि कुनै पनि विदेशी राजदूतसँग भेट गरेका छैनन् । उनले बुधबार बिहान परराष्ट्रमन्त्री शिशिर खनाललाई राखेरै विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्ने भएका बताइएको हो ।

स्रोतका अनुसार भोलि बिहान करीब ११ बजेतिर विदेशी राजदूतहरुलाई सामूहिक भेटवार्ताका लागि प्रधानमन्त्रीको कार्यालयले खबर गरेको बताइएको छ । सो भेटका लागि भारत, चीन, अमेरिका, बेलायत लगायतका देशका राजदूतहरुलाई पनि खबर गरिएको समाचार स्रोतले बतायो ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री भेट्नका लागि राजदूतहरूको भीड लाग्ने गर्दथ्यो । बालुवाटारमा हुने यो भिडभाडलाई कूटनीतिक मर्यादाविपरीत भनेर टिप्पणी गर्ने गरिएको थियो । त्यतिबेलाको सो भेटघाट एक्लाएक्लै हुने गर्दथ्यो भने अहिले सामूहिक रूपमा हुनेछ । त्यसैले यसलाई कूटनीतिमा नयाँ प्रयोग भनिएको छ ।