१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले राजनीकि रुपमा नियुक्त भएका ६ देशका राजदूतहरु लाई फिर्ता बोलाएको छ ।

आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सोमबार सम्बन्धित राजदूतहरुलाई एक महिना भित्र स्वदेश फर्कन जानकारी गराईसकिएको परराष्ट्रमन्त्रालयको स्रोतले जनाएको छ ।

सरकारले अस्ट्रेलियाका चित्रलेखा यादव,भारतका डा शंकर शर्मा, डेनमार्कका सुम्निमा तुलाधार,दक्षिण कोरियाका शिवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ र श्रीलंकाका पूर्णबहादुर नेपालीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि बनेको अन्तरिम सरकारले सहयोग नगरेको भन्दै असोज ३० गते एकसाथ ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो।

फिर्ता बोलाइएकाहरूमा राजदूतमा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (अमेरिका) जंगबहादुर चौहान (रुस), चन्द्रकुमार घिमिरे (बेलायत), डा. शैल रुपाखेती (जर्मनी), नरेशविक्रम ढकाल (साउदी अरेबिया), दुर्गाबहादुर सुवेदी (जापान), नेत्रप्रसाद तिम्सिना (मलेसिया), धनप्रसाद पण्डित (इजरायल), रमेशचन्द्र पौडेल (कतार) र शनिल नेपाल (स्पेन) रहनु भएको छ ।