९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हायातको बैठकमा तारा गाउँ विकास समितिका अध्यक्षको ६ बुँदे असहमति



अ+ अ-

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले चर्को असन्तुष्टी प्रकट गरेका छन् । सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफल लगायतका बिषयमा अध्यक्ष न्यौपानले आफ्नो ६ बुँदे फरक मत सहित असन्तुष्टी प्रकट गरेका हुन् ।

काठमाडौंमा सोमबार भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानले तारा गाउँ विकास समितिको तर्फबाट फरक मत प्रस्तुत गरेका हुन् । अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा बिकास समितिको तर्फबाट यसअघि तीन जनाको प्रतिनिधित्व रहने प्राबधान भएपनि पछिल्लो समयमा एक जना मात्रै प्रतिनिधित्व गराएको भन्दै तीन जनाकै प्रतिनिधित्व हुनुपर्ने अडान राखेका छन् ।

यसअघि सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष–१, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव–१, र समितिका संचालक सदस्य १, गरी जम्मा ३ जनाले होटल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रावधान थियो । तर, पछिल्लो समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साविकको २२.६७ प्रतिशतबाट घटेर ९.१ प्रतिशत घटेको भन्दै एक जनामा सिमित गराएका थिए । तारा गाउँ विकास समितिमा तीनै जना हुनुपर्नेमा अध्यक्ष न्यौपानेले चर्को अडान राखेका छन् ।
यसैगरी अध्यक्ष न्यौपानेले तारा गाउँ रिजेन्सी होटल लिमिटेडमा समितिको लगानीको अनुपात साविकको २२.६७ कायम रहनु पर्ने प्रावधानलाई यथावत राख्ने र आफ्नो हिस्साको हकप्रद शेयर प्राप्त गर्न होटल सञ्चालक समितिबाट नेपाल सरकारमा पुनः अनुरोध गर्न लगाउनु पर्ने अडान राखेका छन् ।
यसैगरी तारा गाउँ विकास समितिले तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डडिए) गर्नुपर्ने अडान अध्यक्ष न्यौपानेले राखेका छन् ।
यसैगरी प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले १८ चैत २०५० मा दिएको निर्देशनको सम्वन्धमा समितिले होटल्सलाई लिजमा दिईएको जग्गाको समय सापेक्ष पुनः मूल्यांकन हुन पर्ने अडान उनले राखेका छन् ।
यस्तै संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्वन्ध समितिबाट पेश भएको तारा गाउँ विकास समितिका सम्वन्धमा अध्ययन अनुगमन सम्वन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनु पर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्र लगायतको कार्ययोजना कार्यान्वयनको व्यवस्था शिघ्र कार्यान्वयन गर्नु पर्ने अडान राखेका छन् । बैठकमा हायात होटलका प्रबन्ध निर्देशक सुरेशलाल श्रेष्ठ, सिइओ अरुणकुमार सराफ, सञ्चालक समिति सदस्य कमलादेवी श्रेष्ठ लगायत थिए ।