१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हायातको बैठकमा तारा गाउँ विकास समितिका अध्यक्षको ६ बुँदे असहमति



अ+ अ-

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले चर्को असन्तुष्टी प्रकट गरेका छन् । सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफल लगायतका बिषयमा अध्यक्ष न्यौपानले आफ्नो ६ बुँदे फरक मत सहित असन्तुष्टी प्रकट गरेका हुन् ।

काठमाडौंमा सोमबार भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानले तारा गाउँ विकास समितिको तर्फबाट फरक मत प्रस्तुत गरेका हुन् । अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा बिकास समितिको तर्फबाट यसअघि तीन जनाको प्रतिनिधित्व रहने प्राबधान भएपनि पछिल्लो समयमा एक जना मात्रै प्रतिनिधित्व गराएको भन्दै तीन जनाकै प्रतिनिधित्व हुनुपर्ने अडान राखेका छन् ।

यसअघि सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष–१, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव–१, र समितिका संचालक सदस्य १, गरी जम्मा ३ जनाले होटल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रावधान थियो । तर, पछिल्लो समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साविकको २२.६७ प्रतिशतबाट घटेर ९.१ प्रतिशत घटेको भन्दै एक जनामा सिमित गराएका थिए । तारा गाउँ विकास समितिमा तीनै जना हुनुपर्नेमा अध्यक्ष न्यौपानेले चर्को अडान राखेका छन् ।
यसैगरी अध्यक्ष न्यौपानेले तारा गाउँ रिजेन्सी होटल लिमिटेडमा समितिको लगानीको अनुपात साविकको २२.६७ कायम रहनु पर्ने प्रावधानलाई यथावत राख्ने र आफ्नो हिस्साको हकप्रद शेयर प्राप्त गर्न होटल सञ्चालक समितिबाट नेपाल सरकारमा पुनः अनुरोध गर्न लगाउनु पर्ने अडान राखेका छन् ।
यसैगरी तारा गाउँ विकास समितिले तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डडिए) गर्नुपर्ने अडान अध्यक्ष न्यौपानेले राखेका छन् ।
यसैगरी प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले १८ चैत २०५० मा दिएको निर्देशनको सम्वन्धमा समितिले होटल्सलाई लिजमा दिईएको जग्गाको समय सापेक्ष पुनः मूल्यांकन हुन पर्ने अडान उनले राखेका छन् ।
यस्तै संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्वन्ध समितिबाट पेश भएको तारा गाउँ विकास समितिका सम्वन्धमा अध्ययन अनुगमन सम्वन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनु पर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्र लगायतको कार्ययोजना कार्यान्वयनको व्यवस्था शिघ्र कार्यान्वयन गर्नु पर्ने अडान राखेका छन् । बैठकमा हायात होटलका प्रबन्ध निर्देशक सुरेशलाल श्रेष्ठ, सिइओ अरुणकुमार सराफ, सञ्चालक समिति सदस्य कमलादेवी श्रेष्ठ लगायत थिए ।