१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबलमा कर्मचारीसंग सांसद पराजित



अ+ अ-

काठमाडौं । संघीय संसदका कर्मचारीले सांसदसँगको मैत्रीपूर्ण खेलमा जित हात पारेका छन्। नेपालले भुटानविरूद्ध १३ औं सागको फाइनल खेल्नुअघि सांसद र कर्मचारीहरूले रंगशालामा फुटबल खेलेका हुन्।

सांसदहरूको टोलीलाई कर्मचारीले ४ -० गोलअन्तरले पराजित गरेका हुन्।

सांसदहरूको टिमको नेतृत्व राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए। संसद कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए।