२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

नारायणगढ-बुटवल सडक : सडक किनारका संरचना हटाइँदै

नारायणगढ-बुटवल सडक : सडक किनारका संरचना हटाइँदै
अ अ+ अ-

नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ ।

आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो”, आयोजना प्रमुख दिष्टीले भन्नुभयो, “योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन सुरु गरेको छ ।” सडक विस्तारका लागि ड्रेनेज खन्ने बेलामा खानेपानीको पाइपसमेत मापदण्डभित्र परेका कारण हटाउन थालिएको उहाँको भनाइ छ ।

“एक वर्षअघिदेखि नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको पोल हटाउन आग्रह गरेका थियौँ, तर उहाँहरुले बजेट अभाव भएको भन्दै पोल हटाउन चासो दिनुभएन”, उहाँले भन्नुभयो, “अहिले हाम्रै खर्चमा कावासोतीबाट बिजुलीको पोल हटाउँदैछौँ, चाँडै हटाएर सकिन्छ ।” बिजुलीको पोल नहटाउँदा सडक विस्तारमा समस्या देखिएको थियो । सडक विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो । 

“निर्माण पक्षले यस वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढाएको छ”, आयोजना प्रमुख दिष्टीले भन्नुभयो, “यसका लागि सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने, नाली खन्ने, ग्राभेल बिच्छ्याउने सबै काम सकिएको छ ।” पछिल्लो समय सडक विस्तारको कामले गति लिएको उहाँले बताउनुभयो । नयाँ पुल निर्माणका लागि डाइभर्सन गरिएको स्थानबाहेक अन्य ठाउँमा भत्किएको सडकसमेत मर्मत गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
 
९० प्रतिशत रुख काटियो

सडक विस्तारका क्रममा पूर्वी खण्डमा करिब ९० प्रतिशत रुख कटान भइसकेको आयोजनाले जनाएको छ ।  “सडक विस्तारका लागि हामीले करिब ३७ हजार रुख काट्दैछौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म ३५ हजार जति रुख काटिएको छ, अब केही स्थानमा मात्रै रुख कटानको काम बाँकी छ ।” रुख कटानको काम बाँकी रहेको विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने जङ्गल क्षेत्रमा रुख कटानको काम भइरहेको आयोजना प्रमुख दिष्टीले बताउनुभयो ।

सो  सडक विस्तारको काम पूर्वी खण्डमा करिब १० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनको साइट प्रमुख फेरिएपछि कामले गति लिएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । “पहिलेका साइट प्रमुखले काम नगर्ने, हामीलाई नटेर्नेलगायतका काम हुँदा सडक विस्तारले सोचेअनुसार प्रगति हासिल गर्न सकेको थिएन”, उहाँले भन्नुभयो, “अहिले नयाँ प्रमुख आएपछि कामले गति लिएको छ, अब भने काम तीव्रगतिमा हुनेमा हामी आशावादी छौँ ।” 

सडक विस्तारका क्रममा हालसम्म पूँजीगत खर्च जम्मा रु ३५ करोड ७५ लाखमात्रै भएको आयोजनाले जनाएको छ । सो खण्डको कूल लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार छ । अहिले दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सो सडकखण्डलाई विस्तार गर्दै चार लेनको बनाउन लागिएको हो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तारको सुरु भएको सो सडकको काम सुरु भएको करिब ३५ महिना पुगेको छ । निर्माण सुरु भएको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ माघ २४ गते सम्झौता भएर काम सुरु भएको थियो । 

सो  सडकखण्ड करिब ५८ वर्षपछि विस्तार गरेर चार लेनको निर्माण गर्ने गरी काम भइरहेको छ । चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात-सात मिटरको हुनेछ । बजार क्षेत्रमा छ-छ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमी सडक भने तीन लेनको हुनेछ । दाउन्ने खण्डको उकालो चढ्ने खण्डमा थप एक लेन सडक निर्माण हुनेछ । रासस