४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारलाई रामकुमारी झाँक्रीको प्रश्नः भदौ २४ को घटनाको छानविन कहिले हुन्छ ?

सरकारलाई रामकुमारी झाँक्रीको प्रश्नः भदौ २४ को घटनाको छानविन कहिले हुन्छ ?
अ+ अ-

काठमाडौँ; नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाई गर्नं नहुने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका उहाँले सो घटनाको निष्पक्ष छानविन कहिले हुन्छ ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । नवयुवाहरुलाई गलत ढंगले परिचालन गर्ने सिंहदरवारलगायतका ठाउँहरुलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उहाँले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुुपर्ने बताउनु भयो । सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त , त्यसको जिम्मा कसले लिने हो ? २३ गतेको घटनाको बारेमा केही प्रतिवेदनहरु आए । २४ गते खण्डहरु भएका सिंहदरवार, जलेका सिंहदरवारका कुराहरु राज्यका विरुद्ध जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटङि गरेर मान्छेलाई कसले पठाएको  हो ? यसको उत्तर कसले खोज्ने हो ? आज सिंहदरवार जलाउन हुन्छ, यसो गर्दा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदिएको हो । र नवयुवाहरुलाई यस ढंगले कसले प्रयोग ग-यो ? यसको जवाफ आज होइन, भोली वा कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्ने छ । कार्पेट मुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मान्य छैन । भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरवार जे खण्डहर बन्यो । यो इतिहासमा के भएको थियो । त्यसको निष्पक्ष छानविन कहिले हुन्छ ? ’ 

सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल