१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा शनिबार र आइतबार बिदा दिने घोषणा



अ+ अ-

काठमाडौं । सरकारले शनिबार र आइतबार शैक्षिक संस्था तथा सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तीमा आएको असहजताका कारण तत्काललाई शनिबार र आइतबार शैक्षिक संस्था तथा सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने गरेको हो ।

अन्य दिन भने कार्यालय समय ९ देखि ५ कायम गरिएको छ ।

यस्तै, शैक्षिक सत्र वैशाख १५ गतेदेखि लागू गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

मन्त्रिपरिषदको आज आकस्मिक बैठक बसेको थियो ।