२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

बारको बिरोध प्रदर्शन :  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै (तस्बिरहरु)

बारको बिरोध प्रदर्शन :  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै (तस्बिरहरु)
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ । आईतवार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश समशेरको राजीनामा माग गर्दै आन्दोलन गरेको हो ।

आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारकोे मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताउनु भयो । उहाँले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएको कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको समेत बताउनु भयो । अध्यक्ष श्रेष्ठले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र  न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न न्यायपालिका भित्रको अनियमितता, भ्रष्टाचार एवं विचौलिया अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्ति सबैको ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारकोे मेरुदण्ड हो, न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएको कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको छ । तसर्थ न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षताm जवाफदेहिता कायम गर्न तथा, न्यायमा सबैको समान पहुँच, सुनिश्चित गर्न न्यायपालिका भित्रको अनियमितता, भ्रष्टाचार एवं विचौलिया अन्त्य गर्न, आवश्यक तथा प्रभावकारी कदम चाल्न, सम्बन्ति सबैमा गम्भीर ध्यानाकर्षण गराउँछु । न्यायसम्पादनको बाधकको रुपमा चोलेन्द्रले राजीनामा नदिँदा पनि न्यायसम्पादनमा चोलेन्द्रको हक खोसिएको छ । संविधानको धारा १२६ अनुसार न्याय सम्पादनको नेतृत्व लिएका चोलेन्द्र समशेरले न्याय सम्पादन गर्न नसकेकोले उहाँ असक्षम हुनुहुन्छ, उहाँ पदमा बसिरहन संविधानले दिँदैन ।’

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ती शुद्धिकरणका लागि नेताहरु सम्पत्ती शुद्धिकरण कार्यालयमा जाने तयारीमा रहेको बताउनु भयो । उहाँले सम्पत्ती शुद्धिकरण आयोगबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने बताउनु भयो ।  

अध्यक्ष शाक्यले भन्नुभयो, ‘नेताहरु सम्पत्ती शुद्धिकरण कार्यालयमा जाँदै हुनुहुन्छ, उहाँहरुले प्रधानन्यायाधीश तथा उसका परिवारको बारेमा सम्पत्ती शुद्धिकरण आयोगबाट सम्पत्तीको छानबिन गर्नलाई उहाँहरुले मागपत्र लिएर जाँदै हुनुहुन्छ । सम्पत्ती शुद्धिकरणबाट पनि यसको छानबिन हुन जरुरी छ भन्ने हामी सबैलाई लागेको हो । हामीबाट उहाँहरुले उचालेको कदमलाई स्वागत गर्दछौँ । आवश्यक्ताअनुसार हामी पनि उहाँहरुलाई टेवा दिन तयार छौँ । यसपटक केही न केही आउँछ भन्ने लागेको छ ।’

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध पदर्शन गर्दै आएका छन् । 

तस्बिरहरु :

]