१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला



अ+ अ-

बैतडी। महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेलापरेका छन् ।

चन्द गत मङ्गलबार बिहान ११ः३० बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । चन्दको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा आज फेलापरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जङ्गबहादुर कुँवरले बताउनुभयो ।

भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेलापरेको हो । यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ ।

महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उहाँको शव फेलापारेको जनाएको छ । रासस