१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतीय फिल्म महोत्सव सुरु



अ+ अ-

काठमाडौं । आज देखि किम्फ फिल्म प्रदर्शन सुरु काठमाण्डौ अन्तर्रा्ष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ सुरु भएको छ ।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा सहभागी डकुमेन्ट्री फिल्महरुको प्रदर्शन र समिक्षा हुनेछ । मंसीर २९ गतेसम्म सञ्चालन किम्फले यस पटक सीमान्त आवाजलाई केन्द्रीय विषय बनाएको छ ।

किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेको छ । यसमा छानिएका १० उत्कृष्ट चलचित्रहरुको प्रदर्शन गरिनेछ । महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन पनि हुने भएकोछ । फिल्म फेस्टिवलको उद्घाटन सत्रमा बोल्दै हिमाल एशोसियसनका बसन्त थापाले २९ देश, ६६ चलचित्र प्रदर्शन हुने जानकारी दिनु भयो । फेस्टिवलमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन पनि गरिनेछ । किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए । प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् । नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिने छन् । यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको ’आमा खान्डो’, गणेश पाण्डेयको ’हसबेन्ड’, निपिल शर्माको ’अतिसर्ग’, केदार श्रेष्ठको ’जुनुको जुत्ता’ लगायतका चलचित्र रहेका छन् ।