९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतीय फिल्म महोत्सव सुरु



अ+ अ-

काठमाडौं । आज देखि किम्फ फिल्म प्रदर्शन सुरु काठमाण्डौ अन्तर्रा्ष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ सुरु भएको छ ।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा सहभागी डकुमेन्ट्री फिल्महरुको प्रदर्शन र समिक्षा हुनेछ । मंसीर २९ गतेसम्म सञ्चालन किम्फले यस पटक सीमान्त आवाजलाई केन्द्रीय विषय बनाएको छ ।

किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेको छ । यसमा छानिएका १० उत्कृष्ट चलचित्रहरुको प्रदर्शन गरिनेछ । महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन पनि हुने भएकोछ । फिल्म फेस्टिवलको उद्घाटन सत्रमा बोल्दै हिमाल एशोसियसनका बसन्त थापाले २९ देश, ६६ चलचित्र प्रदर्शन हुने जानकारी दिनु भयो । फेस्टिवलमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन पनि गरिनेछ । किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए । प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् । नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिने छन् । यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको ’आमा खान्डो’, गणेश पाण्डेयको ’हसबेन्ड’, निपिल शर्माको ’अतिसर्ग’, केदार श्रेष्ठको ’जुनुको जुत्ता’ लगायतका चलचित्र रहेका छन् ।