१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने



अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताउनुभएको छ ।

आज मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरी उहाँले आफ्ना कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।

जस अन्तर्गत केही समयमै जनकपुरबाट सीप मेला सुरुवात गरेर एक वर्षभित्र सातै प्रदेशमा आयोजना गर्ने जानकारी दिनुभएको हो । मन्त्री साहका अनुसार दक्ष जनशक्तिले नै मुलुकको समृद्धिमा टेवा पुग्ने हुँदा स्वदेशमै रोजगार सिर्जना गर्ने मन्त्रालयको लक्ष्य छ ।

“दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता छ, मेला सम्पन्न गर्न मन्त्रालयसँग स्रोत पर्याप्त छैन”, उहाँले भन्नुभयो, “यद्यपि सिएसआर मोडलमा जाने छौँ । प्राइभेट कम्पनी जोसँग सिएसआर फन्ड छ । उहाँहरुसँग सहकार्य गरेर काम गर्ने छौँ ।”

त्यसैगरी मन्त्रालयले हालै पाँच वटा देशसँग श्रम सम्झौता थप गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले श्रमिकले सुरक्षित र व्यवस्थित कार्यस्थल पाए नपाएको बारेमा मन्त्रालयले अनुगमन गर्ने र श्रमशोषण देखिएमा कारबाहीको दायरामा ल्याउनेसमेत बताउनुभयो । रासस