१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै



फाईल फोटो ।
अ+ अ-

कञ्चनपुर। बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन ।

शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार परिक्षा सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । “प्रश्नपत्र र उत्तरपुस्तीकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेर सिट प्यालन भइसकेको छ,” महानिर्देशक विष्टले भन्नुभयो, “परीक्षालाई शान्तिपूर्ण सम्पन्न गर्न जनशक्ति परिचालन गरिएको छ ।” उहाँका अनुसार सुदूरपश्चिमबाट नियमिततर्फ ४० हजार ७१०, प्राविधिक धारका एक हजार ७७८ र ग्रेडवृद्धिमा ११ हजार ४८५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षामा सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ विद्यार्थी छन् । सबैभन्दा कम बाजुरामा दुई हजार ४२६ विद्यार्थी छन् । दार्चुलामा तीन हजार ५६८, कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा चार हजार ५२९, अछाममा चार हजार ४९१, बझाङमा तीन हजार ४२१, डोटीमा तीन हजार ३१४ र डडेल्धुरामा तीन  हजार ४८ परीक्षार्थी रहेका छन् ।

महानिर्देशक विष्टका अनुसार प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । २२१ केन्द्राध्यक्ष र ३७३ सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७२८ जना निरीक्षकलाई परीक्षामा गरिएको छ ।

प्रतिपरीक्षा केन्द्रमा १५ जनाका दरले तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक र एक हजार १०३ जना सहयोगी कर्मचारी खटिएको निर्देशनालयले जनाएको छ । रासस