४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ओली पक्राउ प्रकरण: सडकबाट सम्वादसँगै सर्वोच्चतिर एमालेको नजर

ओली पक्राउ प्रकरण: सडकबाट सम्वादसँगै सर्वोच्चतिर एमालेको नजर
अ+ अ-

काठमाडौँ: नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ विरुद्धको सडक आन्दोलनलाई पर्ख र हेरको रणनीति तर्फ लगेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको थियो ।सोही प्रतिबेदनका आधारमा प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको थियो ।

आन्दोलन बिरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुन थालेको र सर्वोच्च तथा जिल्ला अदालतलमा मुद्धा बिचाराधीन रहेको अबस्थामा एमालेले तल्ला तहबाट अभियान सुरु गर्ने भन्दै केही नरम नीति लिएको छ । जसका कारण वैशाख १२ गते मात्र काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी गरेको छ ।

मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक पछि एक सचिवालय सदस्यले न्यूजपोलारसंग भन्नुभयो “अध्यक्ष ओलीमाथी राज्य पूर्वाग्रही भएको हो ,तर यति बेला अदालतमा मुद्धा बिचाराधीन रहेको अबस्था छ । कानूनी राज मान्ने पार्टीले अदालतको निर्णय कुर्नु नै उपयुक्त हुन्छ ,त्यसैले तत्काल आक्रामक कार्यक्रम भन्दा पनि केही नरम खालको गतिबिधि गर्ने तय पार्टीले गरेको हो ।”

हिजो अन्य पार्टीका नेताहरु पक्राउ पर्दा अदालतमा बिचाराधीन बिषयलाई सडकमा जानु उपयुक्त हुदैन भन्दै आएको अबस्थामा आज हामीले सोही कार्य गर्नु उपयुक्त नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो “अध्यक्ष माथी ज्यादती त भएको छ तर सडकमा भएको प्रर्दशनलाई नागरिकले कत्ति पनि मन पराएका छैनन, कार्यकर्ताको सहभागीता पनि न्यून छ यसले पार्टीलाई झन ठुलो क्षती गर्ने अबस्थामा आउछ , त्यसैले केही संयम भएर अघि बढ्नु पर्ने अबस्था छ ।”

सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रर्दशनको कार्यक्रम तय गरेको छ । वडा, पालिका, जिल्ला र वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शनसहितको विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

महासचिव पोखरेलका अनुसार एमालेले सो विरोध प्रदर्शनबारे यही चैत्र २४ गतेसम्म जिल्लास्तरीय वृहत कार्यकर्ता भेला समेत आयोजना गर्ने भएको छ । त्यसैगरी चैत्र २८ गते सम्पूर्ण पालिकास्तरमा विरोध प्रदर्शन, २०८३ वैशाख ३ गते सम्पूर्ण वडा तहमा विरोध प्रदर्शन, २०८३ वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र २०८३ वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।

नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रिय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र त्यसका लागि पार्टी उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी समेत बैठकले दिएको एमालेले जनाएको छ ।

यस्तो छ एमालेको कार्यक्रम

-चैत्र २४ गतेसम्म सबै जिल्ला कमिटीहरुको आयोजनामा जिल्लास्तरमा वृहत कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनकाबारे प्रशिक्षित गर्ने ।

-यही चैत्र २८ गते सम्पूर्ण। पालिका स्तरमा विरोध प्रदर्शन आयोजना गर्ने ।

-२०८३ बैशाख ३ गते सम्पूर्ण वडा तहमा विरोध प्रदर्शन आयोजना गर्ने ।

-२०८३ वैशाख ७ गते प्रदेश स्तरीय विरोध प्रदर्शन सभा आयोजना गर्ने ।

– २०८३ वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रर्दशन तथा सभाको आयोजना गर्ने ।

-वर्तमान परिस्थितिमा सन्दर्भमा नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रीय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने । त्यसका लागि केन्द्रमा पार्टी उपाध्यक्ष रघुजी पन्त उपमहासचिव योगेश भट्टराई र केन्द्रिय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी दिइएको छ । सम्पूर्ण पार्टी संवद्ध जनसंगठनहरुले आ आफनो वर्ग, पेशा र समुदायको मागसहित पार्टीद्वारा घोषित कार्यक्रमहरुमा सशक्त ढंगले सहभागी हुने ।

-२०८३ वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तरक्रिया, संवाद र विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रुपमा मनाउने

-प्रतिनिधि सभा निर्वाचन र त्यसपछि उत्पन्न परिस्थितिका बारेमा समिक्षा गर्न तथा सिंगो पार्टी संगठनलाई सुव्यवस्थित गर्न केन्द्रिय कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल गर्न निकट भविष्यमा नै केन्द्रिय कमिटी बैठक आयोजना गर्ने