२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वयात्री रामजी नेपाली श्रीलङ्का, माल्दिभ्स र बाङ्गलादेश जाने



अ+ अ-

काठमाडौँ । विश्व यात्रामा निस्किएका यात्री रामजी नेपालीले अब श्रीलङ्का, माल्दिभ्स र बाङ्गलादेशको यात्राको तयारी गर्ने बताएका छन् । उनले भनेका छन्– म अब श्रीलङ्का, माल्दिभ्स, बाङ्गलादेशको यात्राको तयारी गर्दैछु ।

साथै उनले यतिबेला अब ५० देशका राष्ट्रगान गाउन सक्ने भएको पनि जनाएका छन् । हाल त्यसैको अभ्यासमा व्यस्त रहेको उनको भनाई छ । उनी विश्वका राष्ट्रगानहरु गाउनेगरी विश्व यात्रामा निस्किएका छन् ।

आफ्नो विश्व यात्राका विषयमा उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्–
‘अबको यात्रा श्रीलङ्का, माल्दिभ्स, बाङ्गलादेशको तयारी गर्दैछु र अर्को महत्वपुर्ण कुरा यतिबेला म ५० देशका राष्ट्रगान गाउन सक्ने भएको छु अनि त्यसकै प्राक्टिसमा व्यस्त रहन्छु ।
पहुँच तथा पैसा भएका मनकारी शुभ चिन्तक ,दानी मित्र हरु लाई व्यवस्थापन मिलाईदिनुहुन अनुरोध गर्दछु ।

सुझाव र सल्लाह अनि सहयोग गर्नलाई म्यासेन्जरमा म्यासेज गर्न पनि विनम्र अनुरोध गर्दछु ।
किनकी म पुरै समय राष्ट्रगान प्राक्टिस गर्नमै व्यस्त हुने भएकाले फेसबुकमा लाईक, कमेन्ट गरेर समय खेर फाल्न चाहन्न । यो समयलाई सदुपायोग गरेर ३ करोड नेपाली र नेपालको नामलाई विश्वभरी उच्च सम्मान दिलाउन लागिपरेको छु ।
तपाईहरुको थोपा थोपा सहयोग मेरो विश्वयात्रामा समुन्द्र बन्न सक्छ । त्यसैले रचनात्मक सहयोगको सधँै अपेक्षामा छु । विश्वयात्री रामजी नेपाली’