९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन
अ अ+ अ-

झापा। नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ ।

महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा काँकरभिट्टामा आयोजित ‘पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा  १५ हजार रुपैयाँका दरले वार्षिक भत्ता वितरण गरेको हो ।

महासङ्घले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट २०८० सालदेखि ६५–७५ वर्ष उमेरसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्तिस्वरुप १५ हजार रुपैयाँ र सोभन्दा माथिका ज्येष्ठ पत्रकारलाई वार्षिक  २० हजार रुपैयाँका दरले भत्ता रकम प्रदान गरिँदै आएको महासङ्घका झापा अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

वार्षिक भत्ता पाउने ज्येष्ठ पत्रकारमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरोमणि खतिवडा, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल हुनुहुन्छ ।

उहाँहरुलाई अध्यक्ष गिरी र महासङ्घका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले रकम वितरण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष खड्का, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणका लागि आचारसंहिताको पूर्णपालना र पत्रकारको क्षमता विकासलगायतका विषयमा जोड दिँदै ११ बुँदे ‘झापा सङ्कल्प पत्र–२०८२’ पारित गरिएको थियो । रासस