१ भाद्र २०८३, सोमबार
,
Latest
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सुरु भएन महोत्तरीमा सुक्खा बन्दरगाह निर्माणको काम



अ+ अ-

काठमाडाैँ । महोत्तरीकाे सदरमुकाम जलेश्वर नगरपालिका–१ मा किरानापसल सञ्चालन गर्दैआएका सरोज साह चार वर्ष अघि आफ्नै जिल्लाको मूलभन्सार कार्यालयमा सुक्खा बन्दरगाह निर्माण हुने भएपछि हौसिएका थिए ।

ठूलो परिमाणमा भारत तथा तेस्रो मुलकसँग व्यापार व्यवसाय गर्नका लागि आवश्यक सुविधा तथा व्यवस्था ‘‘सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी आफ्नै जिल्लाको मूल भन्सारमा उपलब्ध हुने भन्दै उनी खुसी भएका थिए। तर अहिलेसम्म पनि सो कार्यको सुरुआत नहुँदा साह निराश छन्। जलेश्वर–३ स्थित मलिवाडामा चार वर्ष अघि नै सुक्खा बन्दरगाह निर्माण हुने भनिएको थियो । तर अझै सो कार्यको सुरुआत भएको छैन । नेपालको उत्तरी तथा दक्षिणी दुवै छिमेकी राष्ट्रबाट हुने अन्तरदेशीय तथा तेस्रो मुलुकबाट हुने व्यापारका लागि जलेश्वर–३ मलिवाडास्थित मुख्यभन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण प्रक्रिया सुरु हुन सकेको छैन् ।

आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन् २०२७ सम्म योजना सम्पन्न गर्ने लक्ष्यसहित जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो । तर त्यस निर्माण कार्यको प्रक्रिया अझै अघि बढ्न नसक्दा महोत्तरीसहित यस भन्सारबाट नजिक रहेका अन्य जिल्लाका व्यवसायी पनि दुःखी एवं निराश भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए । उनका अनुसार छिमेकी राष्ट्र भारतको बिहार राज्यको सीतामढी जिल्लाको भिठ्ठामोड सहरमा भारतीय पक्षले जग्गा अधिग्रहण गरी पर्खाल र केही भौतिक संरचना पनि निर्माण गरिसकेको छ । तर, नेपालतिर अहिले पनि सो निर्माण प्रक्रिया सर्वेक्षणमै सीमित रहेकोप्रति चिन्ताव्यक्त गरे।

जलेश्वर भन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण अलपत्र परेको विषय महोत्तरीमा प्रत्येक निर्वाचनको बेला सबै उम्मेदवारको साझा मुद्दासमेत बन्ने गरेको छ । जलेश्वर– ३ मलिवाडामा सुक्खा बन्दरगाह निर्माणका लागि ६५ बिघा जग्गा उपलब्ध गराउने प्रयास भएको छ । यसका लागि इन्टर मोडेल यातायात विकास समितिले गत साउनमै तयार पारेको सर्वे रिपोर्ट उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगको बताइएको छ ।

जलेश्वर भन्सार महोत्तरी र धनुषाको प्रमुख नाकासमेत भएकाले व्यापारीले तेस्रो मुलुकसँगको व्यापार पनि यसै भन्सारबाट हुनुपर्ने माग गर्दैआएका छन् । भारतको राजधानी नयाँदिल्ली र व्यापारिक सहर कोलकाता यहाँबाट नजिक भएकाले जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण आवश्यक छ ।

जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि भारतसहित तेस्रो मुलुकसँगको आयात सहज हुने र यसै बन्दरगाहबाट यस क्षेत्र तथा पायक क्षेत्रको उत्पादन निर्यात गर्न पनि सरल एवं सहज हुने व्यापारी बताउँछन् ।