९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा



अ+ अ-

काठमाडाैँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । पाँचौँ दिन सोमबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ ।

रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा सोमबार अन्त्य हुने काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो ।

जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पु¥याइन्छ । जात्राको चौथो दिन आज लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ ।

असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनःरथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौँथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गर्ने परम्परा छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुने विधि रही आएको छ ।