१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता



अ+ अ-

काभ्रेपलाञ्चोक। बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाइने भएको छ।

यसबारे सरोकारवालाले छलफल गरी परीक्षण तथा निगरानी बढाउन प्रशासनलाई सुझाव दिँदै े दुई जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून रहने बताएका छन्।

जिल्ला पशुसेवा कार्यालय धुलिखेलले काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउने निर्णयसमेत गरेको छ । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो ।

यस्तै कार्यालयले दुई जिल्लास्थित सीमानाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पन्छी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ । विशेषगरी तराई क्षेत्रबाट काभ्रेपलाञ्चोक प्रवेश गर्ने मुख्य नाका मङ्गलटारमा कडाइका साथ जाँच गरिनेछ ।

साथै राजधानीको पूर्वीनाका साँगा तथा नालालगायत काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइने छ । यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे चेतनामूलक एवं प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मङ्गलटार नाकामा प्राविधिक जनशक्ति थपेर परीक्षणलाई कडाइका साथ लागू गरिने बताउनुभयो ।

उहाँका अनुसार पूर्वी क्षेत्रबाट आउने कुखुराको नमूना तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । पशु कार्यालय प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोग प्रवेश हुन नदिन कार्यालयले अन्य निकायसँग पनि समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो । रासस