९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु
अ अ+ अ-

लुम्बिनी। मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित आजदेखि उद्धार यात्रा २०८२ सुरु गरेको छ ।

प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान स्वरुप उद्धार यात्रा सञ्चालन गरिएको आश्रमले जनाएको छ ।

लुम्बिनी प्रदेशमा आजदेखि सुरु भएको उद्धार यात्रा यही चैत ३० गतेसम्म सञ्चालन हुने आश्रमको भनाइ छ । सो यात्रा लुम्बिनी प्रदेशका १२ जिल्ला बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा सञ्चालन हुने जनाइएको छ । अभियानको पहिलो दिन आज उद्धार टोली बर्दिया जिल्लामा केन्द्रित रहेर सडक मानवहरुको खोजीका क्रममा दुई जनाको उद्धार गरिएको आश्रमका सञ्चारकर्मी भाग्यश्री खड्काले जानकारी दिनुभयो ।

उहाँले उद्धार यात्राका क्रममा सडकमा अलपत्र अवस्थामा जीवन बिताइरहेका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन बालबालिका,  शारीरिक तथा मानसिक रुपमा कमजोर सडक मानवको अवस्था अवलोकन गरी वास्तविक सडकआश्रित मानव पहिचान गरिने बताउनुभयो । उद्धार गरिएका व्यक्तिहरूलाई आश्रमका विभिन्न शाखाको संरक्षणमा राखि उपचारसँगै सम्मानजनक जीवनयापनको वातावरण उपलब्ध गराइने आश्रमले जनाएको छ ।

उद्धार टोलीले स्थानीय तह, प्रहरी प्रशासन, विभिन्न सामाजिक सङ्घसंस्था तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माणका लागि प्रतिबद्धता सङ्कलन गर्नेछ । अभियानमार्फत स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा रहेका सडकआश्रित मानवहरूको व्यवस्थापनमा जिम्मेवार बनाउने लक्ष्य राखिएको छ ।

मानवसेवा आश्रमले प्रदेशको जुनसुकै स्थानमा जोखिमपूर्ण अवस्थामा सडकमा जीवन बिताइरहेका मानव देखिएमा नजिकको प्रहरी कार्यालय वा उद्धार टोलीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आश्रमले खुला सडकपेटी एवं सार्वजनिकस्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं सम्भव हुनेहरुको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । रासस