११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ करोडभन्दा बढी राजस्व सङ्कलन



अ+ अ-

सुर्खेत। यातायात व्यवस्था कार्यालयले फागुनसम्म रु २१ करोड राजस्व सङ्कलन गरेको  छ ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत, जुम्ला र रुकुम पश्चिममा रहेको कार्यालयबाट साउनदेखि फागुनसम्ममा रु २१ करोड ४८ लाख ८१ हजार ३०२ राजस्व सङ्कलन भएको हो ।

यातायात व्यवस्था कार्यालयले तीन प्रकारका शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । यातायात क्षेत्रको आम्दानी (पटके तथा रुट परमिट), पत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर र प्रशासनिक दण्ड जरिवाना, जफत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिनुभयो । रासस